Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पाकिस्तानसँगको तनावबीच मोदीको सरकारका उच्च पदस्थ अधिकारीसँग आकस्मिक बैठक


काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विकासहरूको तयारीको समीक्षा गर्न सचिवहरूसँग उच्चस्तरीय बैठक बसेका छन्।

भारतीय प्रधानमन्त्रीले मन्त्रालयहरूबीच सहज समन्वयमा जोड दिँदै सञ्चालन निरन्तरता र संस्थागत लचिलोपन कायम राख्न निर्देशन दिंदै वर्तमान राष्ट्रिय सुरक्षा अवस्थालाई सम्बोधन गर्न मन्त्रालयहरूको योजना र तयारीको समीक्षा गरेका छन् । सचिवहरूलाई मन्त्रालयको सञ्चालन समीक्षा गर्न, पूर्णप्रमाण प्रणाली, आपतकालीन प्रतिक्रिया र सञ्चार सुनिश्चित गर्न निर्देशन दिइएको छ । सचिवहरूले परिस्थितिलाई सम्हाल्न सरकारको समग्र दृष्टिकोण प्रयोग गरी आफ्ना मन्त्रालयका योजनाहरू प्रश्तुत गरेका छन् । छलफलमा नागरिक सुरक्षा सुदृढीकरण, गलत सूचना प्रतिकारबारे पनि समीक्षा भएको छ ।

बैठकमा मन्त्रिपरिषद् सचिव, प्रधानमन्त्री कार्यालयका वरिष्ठ अधिकारीहरू र रक्षा, गृहजस्ता प्रमुख मन्त्रालयका सचिवहरू सहभागी छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?