Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस्ः एनपी साउद


काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउदले विगतमा भनसुन र व्यक्तिगत पहुँचका आधारमा एउटै क्षेत्रमा बजेट खन्याउने दृष्टान्त रहेको उल्लेख यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रह गरेका छन् । मुलुकको सन्तुलित विकास हुनेगरी बजेट विनियोजन गर्नुपर्ने धारणा राख्दै साउदले योजना निर्माणमा स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य नहुँदा योजना दोहोरिने भएको कारण सचेत हुन आवश्यक रहेको समेत बताएका छन् ।

उनले भने, ‘केही नेता र मान्छेहरुले भनसुनको आधारमा आफ्नो क्षेत्रमा बजेट लगेका दृष्टान्तरु छन् । अब त्यसको पुनरावृत्ति नहोस् । र त्यसको ठाउँमा योजनाहरुमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको गरेर योजनाहरु दोहोरिने स्थिति पनि नहोस् । मुलुकको सन्तुलित विकास होस् । १६५ क्षेत्र, हिमाल, पहाड, तराई सबै ठाउँका जनताका आकांक्षहरु परिपूर्ति गर्ने दिशातिर सरकार जाओस् । म सरकारसँग आग्रह गर्न चाहन्छु ।’

उनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनेगरी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?