Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस्ः एनपी साउद


काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउदले विगतमा भनसुन र व्यक्तिगत पहुँचका आधारमा एउटै क्षेत्रमा बजेट खन्याउने दृष्टान्त रहेको उल्लेख यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रह गरेका छन् । मुलुकको सन्तुलित विकास हुनेगरी बजेट विनियोजन गर्नुपर्ने धारणा राख्दै साउदले योजना निर्माणमा स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य नहुँदा योजना दोहोरिने भएको कारण सचेत हुन आवश्यक रहेको समेत बताएका छन् ।

उनले भने, ‘केही नेता र मान्छेहरुले भनसुनको आधारमा आफ्नो क्षेत्रमा बजेट लगेका दृष्टान्तरु छन् । अब त्यसको पुनरावृत्ति नहोस् । र त्यसको ठाउँमा योजनाहरुमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको गरेर योजनाहरु दोहोरिने स्थिति पनि नहोस् । मुलुकको सन्तुलित विकास होस् । १६५ क्षेत्र, हिमाल, पहाड, तराई सबै ठाउँका जनताका आकांक्षहरु परिपूर्ति गर्ने दिशातिर सरकार जाओस् । म सरकारसँग आग्रह गर्न चाहन्छु ।’

उनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनेगरी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?