Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधि सभाका पूर्वसदस्य नेपालको निधनमा शोक प्रश्ताव पारित


काठमाडौँ। प्रतिनिधि सभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रश्ताव पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो । नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । दिवंगत नेपाल पूर्वमन्त्री समेत हुनुहुन्थ्यो ।

नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । बैठकले उहाँको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?