Trending
>>   गाजामा इजरायली हवाई आक्रमणमा ३३ जनाको मृत्यु >>   नैरोबीमा संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु >>   स्पेनमा गोदाम भत्किँदा ३ जनाको मृत्यु >>   इस्तानबुलमा बाल्कन देशका रक्षा प्रमुखहरूको क्षेत्रीय सहयोगबारे छलफल >>   मोटोपन नियन्त्रण गर्न चिनीयुक्त पेय पदार्थमा सरकारी कारबाही अष्ट्रेलियालीको समर्थन >>   अस्ट्रेलियाली मुद्रास्फीति २.४ प्रतिशतमा स्थिर >>   बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी >>   अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा >>   मौसम : बंगालको खाडीबाट आएको हावाको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव ,यी प्रदेशमा भारी वर्षा हुने >>   आज मिति २०८२ साल जेठ १६ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गरेनः अख्तियार प्रमुख राई


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको आरोप लगाएका छन् । उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पती फिर्ता गर्न सांसदहरुलाई आग्रह समेत गरेका छन् । यस सम्बनधमा काम गर्न सरकारले कार्यदल गठन भएपनि दु्रत गतिमा काम नगरेको उनको गुनासो छ । उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गर्दै उनले आफूले कार्यकाल सम्हालेपछि कुनैपनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनि दबाब नआएको बताएका छन् । उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरुमाथि अनुसन्धान गरिएको दाबी गर्दै सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा कायापलट गरेको समेत दाबी गरेका छन् । भ्रष्टाचारमा संलग्न कर्मचारीहरुले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको समेत प्रमुख आयुक्त राईको भनाइ छ ।

उनले भने, ‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि केही कुरमा विमति होला । कसैको केही प्रभाव परेको पनि होला । तर कुनैपनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भरिहकै अवस्था हो । ठुला माछाहरुलाई लगेन भन्ने कुरा ५÷१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के ? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौं जस्तो लाग्छ । सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा त कायापलट नै गरिदियौं । उपल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न हो । बलिको बोको त कर्मचारी मात्रै भयो नि । उपल्लो तहको मान्छेको लागि त बयान लिएको कर्मचारीले प्रमाणसहित भन्नुप¥यो नि । तर उहाँहरु कोही नामसम्म लिन चाहनुहन्न । हामीले अहिलेपनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईहरुले सहयोग गर्नुपर्यो । सिंगापुरले त भ्रष्टाचार भएको मनि पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’

प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सिमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरेका छन् । उनले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरुको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गरेका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?