Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नीति तथा कार्यक्रमले कृषिलगायत उत्पादनमुलक क्षेत्रमा रोजगारी सिर्जनाका लागि जोड दिएको छः मन्त्री भण्डारी


काठमाडौँ। श्रम, तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नीति तथा कार्यक्रमले योजना र कार्यक्रमको दिशा निश्चित निर्देश गरेको बताएका छन् ।

उनले नीति तथा कार्यक्रम समयसीमा तोकेर हुने कामलाई हुने र नहुने कामलाई नहुने भनेर आएको बताउदै नीति तथा कार्यक्रममा उद्यमशीलता, आन्तरिक रोजगारी, सीपयुक्त जनशक्ति तयार गर्नेदेखि कृषिलगायत उत्पादनमुलक क्षेत्रमा रोजगारी सिर्जनाका लागि जोड दिइएको स्पष्ट पारेका छन् । उनले सरकारले आन्तरिक रोजगार वर्ष घोषणा गरेकाले मुलुकमा जुन किसिमको केही भएको छैन भन्ने भास्य निर्माण गरिएको छ त्यसलाई चिर्नका लागि दक्ष जनशक्ति तयार गर्ने र उद्यमशीलताको आधारमा नयाँपुस्ता लक्षित कार्यक्रम घोषणा गरिएको दाबी गरेका छन् ।

उनले भने, ‘सबैभन्दा पहिलो कुरा सरकारले आन्तरिक रोजगार वर्ष घोषणा गरेको छ । मुलुकभित्र रहेका सम्पूर्ण सम्भावनाहरुका आधारमा दक्ष जनशक्ति निर्माण गर्ने । स्वरोजगार बनाउने नीति अख्तियार गरिएको छ । योसँगै हामीले सम्पूर्ण प्रक्रियाला डिजिटल माध्यम बनाउने नीति छ । अब नयाँ पुस्तालाई उद्यमशीलतामा अगाडि बढाउने हिसावले काम गर्नेछौं । रोजगारका सम्भावना सिर्जना गरेर वैदेशिक रोजगारमा गएकाहरुलाई समेत फर्काएर ल्याएर मुलुकको उद्यमशीलतासँग जोडेर मुलुकलाई आर्थिक रुपान्तरणका हिसावले अघि बढ्ने कुरा भएको छ ।’

उनले प्राविधिक शिक्षलाई ग्रेडिङ गरेर विश्वविद्यालयसम्म लैजाने नीति लिएको पनि स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?