Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः थाकेको अल्छि सरकारको बासी कार्यक्रम


संविधानमै संशोधन र जनमत संग्रहको व्यवस्था छ, त्यसमै टेकेर अघि बढ्छौँः स्वर्णिम वाग्ले

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले थाकेको अल्छी सरकारले बासी नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले विगतका सरकारले ल्याएको तर फेल भइसकेका कार्यक्रमहरु सरकारले दोहोर्याएको आरोप लगाएका छन् । उनले नीति तथा कार्यक्रमलाई हावादारी कार्यक्रमको संज्ञा दिंदै संसारमा भएका विभिन्न परिस्थितिप्रति सरकार बेखबर जस्तो भएर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । उनले राष्ट्रपतिको स्वास्थ्यलाई ख्याल गरेर सरकारले छोटो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले भने, ‘एकदमै थाकेको अल्छि सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरु दोहो¥याएएको छ । भुमि बैंकदेखि लिएर अन्य । नयाँ कुरा केही पनि छैन । अहिलेका प्रधानमन्त्रीज्यु २०७४ सालमा दुई तिहाइ सरकारको नेतृत्व गर्दै कम्तीमा पनि हावादारी कार्यक्रमहरुको पनि इम्याजिनेशन थियो क्या कल्पनाशिलता थियो, अहिले त हावादारी कार्यक्रमको पनि कल्पनाशितला देखिएन । यत्रो उथलपुथल भइरहेको छ, प्रशान्त महासागरको टापु जस्तो हामी चाहीँ देश दुनियाँमा के के भइरहेको छ भन्ने बारे कम्ल्पिएट्ली निरपक्ष अनभिज्ञनै भएर ल्याइएको जस्तो । अलगै दुनियाँमा छौँ जस्तो केही मतलवै छैन जस्तो भाछ । यसपाली मलाई खुशी चाहीँ के लागेको छ भने पोहोर २ सय भन्दा बुँदा राखेर विचरा बिरामी राष्ट्रपतिलाई सकस दिएको थियो यसपाली उहाँको सुस्वास्थ्यको ख्याल राखेर अलि छोटो ल्याउनु भयो राम्रो पक्ष त्यतिमात्रै हो ।’

सांसद वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा आगामी सोमवारको संसद बैठकमा आफ्नो कुरा राख्ने बताएका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?