Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

नीति तथा कार्यक्रम सन्तुलित र प्रतिफलमुखीः योगेश भट्टराई


काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित भएको बताएका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यका विषयमा बढी जोड दिएको बताएका छन् । उनले शिक्षालाई व्यावसायिक र प्राविधिक धारको रुपमा विकास गर्ने नीतिमा आएको बताउंदै १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई आत्मनिर्भर हुने गरी स्वरोजगारको व्यवस्था गर्ने सकारात्मक पक्ष भएको जिकिर गरेका छन् । उनले स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रममा जोड दिएको र राष्ट्रिय गौरवका आयोजनाहरुको पूर्वाधार विकासलाई प्राथमिकिकरण गरी प्रतिफलमुखी बनाउन नीति तथा कार्यक्रममा जोड दिएको उनको भनाइ छ ।

उनले भने, ‘यस पटकको नीति कार्यक्रम अलि सन्तुलित छ । अलिकति कम्प्रिहेन्सिप ढंगले आएको छ । विगतमा छरपस्ट रुपमा आउथे, त्यसलाई प्राथमिकिकरण भयो यसपटक । प्राथमिकिकरण गरेको हुनाले अलि छोटो र स्फुर्तिलो पनि छ । विशेष गरी शिक्षामा स्वास्थ्यमा ज्यादा जोड गरेको छ । र पूर्वधारको सन्दर्भमा के भनिएको छ भने अब यसलाई प्राथमिकिकरण गर्नुप¥यो, जथाभावी भनेर पूर्वाधार भनेर हामीले जुन काम गरेका छौँ त्यसले प्रतिफलहरु दिएन, त्यसले गर्दा पूर्वाधारका काममा राष्ट्रिय महत्वका योजनामा पनि प्राथमिकिकरण हुनुप¥यो जस्ले प्रतिफल दियोस् आमजनतालाई व्यावसायिक ढंगले नजिक ल्याउन सकोस् भन्ने ढंगले प्राथमिकिकरण गरेको छ ठूला आयोजनाहरुलाई । राष्ट्रिय गौरवका आयोजना जुन २५–२६ वटा बनाइएको छ त्यसलाई पनि शुत्रवद्ध गर्ने काममा जोड दिएको छ । स्वास्थ्य सेवालाई आम मान्छेमा पु¥याउन र सर्वसुलभ बीमा लगायतका कार्यक्रमलाई जोड दिएको छ । कतिपय ठूला रोगहरुलाई निःशुल्क उपचारको सन्दर्भलाई पनि नीतिले केही बोलेको छ । शिक्षालाई व्यावसायिक प्राविधिक धारको रुपमा विकास गरेर कमसेकम प्लस टू गरेको विद्यार्थीलाई आफ्नो खुट्टामा उभिन सक्ने स्वरोजगार हुन सक्ने बनाउने दिशातिर जोड गरेको छ ।’

सांसद भट्टराईले विगतका सरकारले ल्याएको कतिपय कार्यक्रमहरुको निरन्तरता पनि हुने भएकाले नीति तथा कार्यक्रम परम्परागत जस्तो देखिएको बताएका छन्।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?