Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमालेको दाबी


काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले तीन तहको सरकारबीच समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट नीति तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारिता बढाउन खोजेको बताउदै उनले नीति तथा कार्यक्रमले जनतामा रहेको निराशा चिर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘नीति तथा कार्यक्रमले अहिलेका विद्यमान आर्थिक समस्याहरुको समाधान हुने बाटो दिन खोजेको छ । तीन तहको सरकारको समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट प्रभावकारिता हासिल गर्ने कुरालाई यसले जोड दिएको छ । कृषि क्षेत्रलाई प्राथमिकता दिन खोजेको पनि हामीले पाएका छौं । भोलिको दिनमा सरकारले बजेट बनाउँदा नीति तथा कार्यक्रमलाई समावेश गरेर जाने स्थिति बन्दाखेरी आर्थिक समृद्धिलाई यसले नयाँ ढंगबाट अगाडि बढाउनको लागि यसले मद्दत पु¥याउनेछ । निराशामा रहेका जनतलाई आशामा रुपान्तरण गर्नको लागि विविध पक्षबाट मद्दत पुर्याउनेछ ।’

नीति तथा कार्यक्रमको आधारमा बजेट निर्माण गर्न सकिए मुलुकमा रहेका विद्यमान आर्थिक, सामाजिक समस्याहरु हल हुने उनको दाबी छ ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?