Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नीति तथा कार्यक्रम आशा गरिएको जस्तो गुणात्मक महत्वको आएनः बाबुराम भट्टराई


काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम गुणात्मक महत्वको नभएको बताएका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नीति तथा कार्यक्रम गुणात्मक महत्वको आउँछ भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको र नीति तथा कार्यक्रममा निरन्तरताकै लागि आएको जस्तो देखिएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले नीति तथा कार्यक्रममा केही सुधारात्मक कुराहरू भए पनि अहिलेको लागि त्यो पर्याप्त नभएको जिकिर गर्दै जनताको जीवनमा असर पार्ने र मानिसले अपेक्षा गरे अनुसारको ठोस विषयहरू नसमेटिएको बताएका छन् ।

उनले भने, “अलि गुणात्मक महत्वको आउँछ कि भन्ने अपेक्षा थियो, तर उहाँहरूले निरन्तरता मै ल्याउनुभयो कि जस्तो लाग्यो । आउन त सबै कुरा आएको छ तर त्यो मात्रात्मक, सुधारात्मक तरिकाले आयो । देशको आवश्यकता सबै क्षेत्रमा गुणात्मक महत्वको आउँछ कि भन्ने मेरो अपेक्षा थियो । मैले त्यसो पाइन । निरन्तरता मै त्यो आयो । केही सामान्य कुराहरू त छन्, सुधारात्मक छन् । तर, अहिलेको निम्ति त्यति पर्याप्त छैन । जनताको जीवनमा असर पार्ने ठोस कुराहरू, जो मानिसले अपेक्षा गरेको छ त्यो चाहिँ आएन ।”

उनले यो नीति तथा कार्यक्रमले नागरिकमा आशा नजगाउने दाबी गरेका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?