Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

‘सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको’: राप्रपा सांसद ध्रुवबहादुर प्रधान


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको भएको टिप्पणी गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद प्रधानले यस्तो टिप्पणी गर्दै उनले सरकारले नेपाली नागरिकको मौलिक हकको समेत ख्याल नगरी कार्यक्रम अघि सारेको आरोप लगाएका छन् । अहिले देशले भोगिरहेको समस्याहरु सम्बोधन गर्नुभन्दापनि सरकारको दैनिकीलाई नै नीति तथा कार्यक्रममा समावेश गरिएको उनको टिप्पणी छ ।

उनले भने, ‘नीति तथा कार्यक्रममा केही कुराहरु नयाँ आएका छन् तर ति कार्यक्रमहरु कार्यान्वयन गर्न कति सम्भव छ भन्ने कुराहरु पनि हामीले हेर्नुपर्ने हुन्छ । सरकारको दैनिकी जस्तो कुराहरु पनि नीति तथा कार्यक्रममा समावेश ल्याएर जे गर्न खोजियो । नीति तथा कार्यक्रममा समावेश नहुनुपर्ने कुराहरु आएका छन् । समावेश गर्न आवश्यक कुराहरु समावेश गरिएको छैन । अहिले देशले भोगिरहेका समस्याहरु युवा, कृषकहरुले भोगिरहेका समस्या र तत्काल राहत उपलब्ध गराउने कुराहरु आउन सकेनन् । सरकारले अधिनायकवादी शैलीको जस्तो कुराहरु गरेर जुन ढँगले ल्याएको छ । नेपाली नागरिकको मौलिक हकलाई समेत नाघेर कुरा गर्न मिल्दैन ।’

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गरेको छ ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?