Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

‘सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको’: राप्रपा सांसद ध्रुवबहादुर प्रधान


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको भएको टिप्पणी गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद प्रधानले यस्तो टिप्पणी गर्दै उनले सरकारले नेपाली नागरिकको मौलिक हकको समेत ख्याल नगरी कार्यक्रम अघि सारेको आरोप लगाएका छन् । अहिले देशले भोगिरहेको समस्याहरु सम्बोधन गर्नुभन्दापनि सरकारको दैनिकीलाई नै नीति तथा कार्यक्रममा समावेश गरिएको उनको टिप्पणी छ ।

उनले भने, ‘नीति तथा कार्यक्रममा केही कुराहरु नयाँ आएका छन् तर ति कार्यक्रमहरु कार्यान्वयन गर्न कति सम्भव छ भन्ने कुराहरु पनि हामीले हेर्नुपर्ने हुन्छ । सरकारको दैनिकी जस्तो कुराहरु पनि नीति तथा कार्यक्रममा समावेश ल्याएर जे गर्न खोजियो । नीति तथा कार्यक्रममा समावेश नहुनुपर्ने कुराहरु आएका छन् । समावेश गर्न आवश्यक कुराहरु समावेश गरिएको छैन । अहिले देशले भोगिरहेका समस्याहरु युवा, कृषकहरुले भोगिरहेका समस्या र तत्काल राहत उपलब्ध गराउने कुराहरु आउन सकेनन् । सरकारले अधिनायकवादी शैलीको जस्तो कुराहरु गरेर जुन ढँगले ल्याएको छ । नेपाली नागरिकको मौलिक हकलाई समेत नाघेर कुरा गर्न मिल्दैन ।’

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गरेको छ ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?