Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोज्योः एमाले


काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरुले शिक्षक आन्दोलनलाई राजनीतिक प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो प्रमुख प्रतिपक्षी दलले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोजेको आरोप लगाएका छन् । उनले प्रतिपक्षी दलहरुले आन्दोलनलाई पवित्र पेशागत हितभन्दा बाहिर लगेर राजनीतिक स्वार्थ पूर्तिको औजार बनाउने प्रयास गरिरहेको आरोप लगाउदै सरकार शिक्षकहरूको जायज माग सम्बोधन गर्न तयार रहेको र शिक्षण गतिविधि नियमित बनाउन सकारात्मक प्रयास भइरहेको दाबी गरेका छन् ।

उनले भने, ‘शिक्षकहरुसँग बन्दै गएको वार्ताको वातावरण वा निष्कर्षउन्मुख भएको अहिलेको विषयवस्तुलाई फेरि पनि संसदभित्र ल्याएर राजनीति गर्न खोज्ने जुन प्रयत्न उहाँहरु गर्न खोज्दै हुनुहुन्छ त्यसप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौं । आज मात्र होइन हिजो पनि उहाँहरुले सडक नछोड्न अभिव्यक्ति दिनुभयो । शिक्षक साथिहरुलाई उत्तेजित र उत्प्रेरित गर्नुभयो । पवित्र पेशागत हितको लागि आयोजना गरिएको शिक्षक महासंघको आन्दोलनलाई प्रमुख प्रतिपक्षीले राजनीतिक रङ दिनको लागि कयौं पटक मेहेनत ग¥यो । गएर नाचगान गर्न थाल्ने, भड्काउने र अहिले संसदमा पनि यही विषय ल्याएर उहाँहरुले अप्ठ्यारो पार्ने र वार्ता निष्कर्षमा नपुगोस् भन्नको लागि उहाँहरुले अभिव्यक्ति दिनुभएको छ । सरकारले राज्यले धान्ने जायज मागहरु पूरा गर्ने वातावरण बनाइ शिक्षकहरुलाई नियमित पठनपाठनमा फर्किने वातावरण बनाउँदैछ ।’

सरकार शिक्षकका जायज मागहरु पूरा गर्न गम्भिर रहेको उल्लेख गर्दै उहाँले वार्ता प्रक्रियामा व्यवधान नपुर्याउन समेत विपक्षी दलहरुलाई आग्रह गरेका छन् । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचिमा नराखिएको भन्दै प्रतिपक्षी दलहरुले आपत्ति जनाएका थिए ।


प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?