Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको अरोप लगाएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री पुनको नाम नलिकनै यसअघिका अर्थमन्त्रीले प्रश्तुत गरेको बजेटका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताएका छन् । उनले संसदमा सम्बोधन गर्दा लाज पचाएर बोल्ने गरेको बताउँदै आफैँ देशको अर्थतन्त्र ध्वस्त पार्ने र आफैँ अर्ती दिँदै हिँड्ने गरेको बताए ।

उनले अहिलेको सरकार अघिल्लो सरकारले ध्वस्त पारेको अर्थतन्त्रलाई उठाउने काम गरिरहेको बताउदै उनले अघिल्लो सरकारले अर्थतन्त्र भताभुङ्ग पारेको, पैसा आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपो नराखेको, ऋणै ऋणमा फसाइदिएको, उखु बेचेका किसानलाई उखुको, दुध बेचेका किसानलाई दुध बेचेको पैसा नदिएको आरोप लगाएका छन् ।

उनले भने, ‘अहिलेको सरकार समयको आवश्यकताले बनेको हो । नत्र भने नेपाली काँग्रेस जस्तो पुरानो पार्टी, नेकपा एमाले जस्तो पुरानो दुई प्रमुख र प्रतिष्पर्धी दलहरु यसरी बस्ने थिएनन् । एउटै सरकारमा बस्ने थिएनन् । तर देशको परिस्थिति हेरेर । अस्थिरताले देश खान थाल्यो । स्थायित्व भएन । स्थिरता भएन । देश बर्बाद हुन थाल्यो । अर्थतन्त्र आरालो लागेको लाग्यै छ । अहिले अघिल्लो सरकारले भताभुङ्ग पारेको, आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपा नराखेको । तिर्नपर्ने मात्रै बाँकी । खर्बौं जम्मा गरिदिएको । ऋणै ऋणमा फसाइदिएको । त्यो पनि दीर्घकालीन ऋण होइन, अहिलेको अहिले ठेकदारलाई तिर्नुपर्ने, काम गराएको तिर्नुपर्ने । उखु बेचेका किसानलाई उखुको, दुध बेचेका किसानलाई दुध बेचेको पैसा तिर्नुपर्ने । दुध लियो, बेच्यो । झ्वाम्म । त्यस्तो स्थितिमा पुर्याएको सन्दर्भमा अहिले हामीले फेरि त्यहाँ पु¥याउने लाज छैन फेरि । अस्तिको दिनमात्रै पाल्र्यामेण्टमा बोलेको सुन्दा अचम्म लाग्यो । लाज लाग्ने । कस्तो शर्म नलागेको हो । यस्तो पार्ने बजेट प्रश्तुत गर्ने मान्छे, गत वर्ष मात्रै प्रश्तुत गर्ने मान्छे, बजेटले देश बर्बाद पार्ने उनलाई अफ्ठ्यारै लागेको छैन । उही पण्डित उही जान्ने ।’

प्रधानमन्त्री ओलीले अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको बताएका छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?