Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेति गरिरहेको टिप्पणी गर्दै सत्तारुढ दलहरुमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको आरोप लगाएका छन् । उनले प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या नभएको दोहोर्याएका छन् । उनले आफूहरु एकल बहुमतको लागि २०८४ सम्म कुर्ने र त्यतिबेलासम्म काँग्रेससँगको सहयात्रामा अगाडि बढ्ने दाबी गरेका छन् ।

उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही खेति नगरिकन अरु कुनै राजनीतिक मसला नपाएपछि उहाँले गरिरहनुभएको खेति हो । सरकारमा कुनै समस्या छैन । उहाँले भ्रम र भय सिर्जना त्यस प्रकारको परिस्थिति निर्माण गर्नुभएको हो । पानीलाई धमिलो बनाउने प्रयत्न प्रचण्डको हो । प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या छैन । काँग्रेस र एमालेबीचको यो सत्ता सहयात्रा ०८४ सम्मै पुग्यो भने माओवादीलाई खोज्नुपर्नै परिस्थिति निर्माण हुँदैछ भन्ने प्रचण्डले बुझ्नुभएको छ । त्यो चिन्ता र भयले गर्दा उहाँ बिहान उठ्ने बित्तिकै यो सरकार ढल्छ भन्नुभएको छ, सुत्ने बेला ढल्छ भन्नुभएको छ । एकल बहुमतको लागि हामी ०८४ कुर्छौं । त्यतिबेलासम्म काँग्रेस र एमालेबीचको सत्ता सहयात्रा यही ढंगले अगाडि बढ्छ ।’

उनले शिक्षकहरुका जायज माग पूरा गर्न सरकार लागिपरेको समेत बताएका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?