Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार छौँः मन्त्री लामिछाने


काठमाडौँ। वागमती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानूनमन्त्री सुरजचन्द्र लामिछानेले सुरक्षा निकायलाइ सबलकिरण गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

शुक्रवार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा नुवाकोट जिल्लाको विदुरमा तीन जिल्ला (रसुवा,धादिङ र नुवाकोट ) को सुरक्षा समितिसँगको छलफलका क्रममा मन्त्री लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार रहेको बताएका छन् । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले आवश्यक भएका विषयहरु सम्बोधन गर्दै अघि बढ्ने गरी बजेट छुट्याउने बताउंदै उनले कसैको प्रभाव र दबाबमा नरही जनताका आंकक्षा र असन्तुष्टिलाई कम गर्न जनसेवालाइ प्राथमिकतामा राखि कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।मन्त्री लामिछानेले वागमती प्रदेश सरकारबाट विनियोजित लघु उद्यम कार्यक्रम, कैदीबन्दीको अवस्था र कारागारको भौतिक संरचनाबारे पनि जानकारी लिएका छन् ।

मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानूनमन्त्री लामिछानेसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकरिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?