Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार छौँः मन्त्री लामिछाने


काठमाडौँ। वागमती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानूनमन्त्री सुरजचन्द्र लामिछानेले सुरक्षा निकायलाइ सबलकिरण गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

शुक्रवार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा नुवाकोट जिल्लाको विदुरमा तीन जिल्ला (रसुवा,धादिङ र नुवाकोट ) को सुरक्षा समितिसँगको छलफलका क्रममा मन्त्री लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार रहेको बताएका छन् । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले आवश्यक भएका विषयहरु सम्बोधन गर्दै अघि बढ्ने गरी बजेट छुट्याउने बताउंदै उनले कसैको प्रभाव र दबाबमा नरही जनताका आंकक्षा र असन्तुष्टिलाई कम गर्न जनसेवालाइ प्राथमिकतामा राखि कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।मन्त्री लामिछानेले वागमती प्रदेश सरकारबाट विनियोजित लघु उद्यम कार्यक्रम, कैदीबन्दीको अवस्था र कारागारको भौतिक संरचनाबारे पनि जानकारी लिएका छन् ।

मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानूनमन्त्री लामिछानेसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकरिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?