Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सम्पदामा राजनीति नगरौँः उपप्रमुख सुनिता डंगोल


काठमाडौँ।काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छिन् ।

शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स नभइ नेपाली नै सहभागी हुनुपर्ने बताइन् । उनले सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउदै उनले सम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताइन् । उनले सम्पदाहरु नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्नेमा महानगरले जोड दिइरहेको बताइन् ।

उपप्रमुख डंगोलले भनिन्, ‘सम्पदा निर्माणमा लगानी महानगरपालिकाको होस् वा सरकारको होस् । हामीले यो चाहीँ नेपाली आफैँले बनाउनु पर्छ है । यसमा हाम्रो हरेक लगानी हाम्रा नेपालीहरुकै हुनुपर्छ । भोलि समय बित्दै गइसकेपछि भूकम्पपश्चाद् कसले कसले केके गरे ? भन्दा हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन, हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्छ भन्नेकुरामा सदैव जोड दिइरहेका छौँ ।’

उपप्रमुख डंगोलले सस्तो टेण्डरमा सम्पदा पुनःनिर्माण गर्न दिँदा सम्पदा संरक्षणमा कठिनाइ भइरहेको बताएकी छिन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?