Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा


एजेन्सी। भारत नियन्त्रित कश्मीरमा भएको गोलीकाण्डको घटनापछि पाकिस्तानलाई लक्षित गरी भारतले गरेको कदम गैरजिम्मेवार र कानूनी रूपमा आधारहीन रहेको आरोप लगाउदै
पाकिस्तानले भारत विरुद्ध प्रतिवादको श्रृंखला अपनाउने बताएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले बिहीवार राष्ट्रिय सुरक्षा समितिको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका विज्ञप्तिमा भनिएको छ । समितिले घटनामा पर्यटकहरूको ज्यान गएकोमा चिन्ता व्यक्त गरेको छ र पाकिस्तानले सबै प्रकारका आतंकवादको स्पष्ट रूपमा निन्दा गरेको छ । कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित प्रमाणको अभावमा आक्रमणलाई पाकिस्तानसँग जोड्ने भारतको प्रयास लापरवाह, तर्कहीन र अतार्किक रहेको जनाएको छ । प्रतिक्रियामा पाकिस्तानले वाघा सीमा चौकी बन्द गर्नेछ । भारतीय नागरिकहरूको लागि केही भिसा सुविधाहरू निलम्वन गर्नेछ । इस्लामाबादमा रहेका भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारहरूलाई अवाञ्छनीय व्यक्तित्व घोषणा गर्नेछ । सबै भारतीय एयरलाइन्सहरूको लागि पाकिस्तानको हवाई क्षेत्र बन्द गर्ने र भारतसँगका सबै व्यापारिक गतिविधिहरू निलम्वन गर्ने बताएको छ ।

भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउदै सिन्धु जल सन्धि निलम्वन, सीमा बन्द र पाकिस्तानी कर्मचारीहरूलाई निष्कासन गर्ने लगायत पाकिस्तान विरुद्ध धेरै उपायहरूको घोषणा गरेको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?