Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा


एजेन्सी। भारत नियन्त्रित कश्मीरमा भएको गोलीकाण्डको घटनापछि पाकिस्तानलाई लक्षित गरी भारतले गरेको कदम गैरजिम्मेवार र कानूनी रूपमा आधारहीन रहेको आरोप लगाउदै
पाकिस्तानले भारत विरुद्ध प्रतिवादको श्रृंखला अपनाउने बताएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले बिहीवार राष्ट्रिय सुरक्षा समितिको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका विज्ञप्तिमा भनिएको छ । समितिले घटनामा पर्यटकहरूको ज्यान गएकोमा चिन्ता व्यक्त गरेको छ र पाकिस्तानले सबै प्रकारका आतंकवादको स्पष्ट रूपमा निन्दा गरेको छ । कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित प्रमाणको अभावमा आक्रमणलाई पाकिस्तानसँग जोड्ने भारतको प्रयास लापरवाह, तर्कहीन र अतार्किक रहेको जनाएको छ । प्रतिक्रियामा पाकिस्तानले वाघा सीमा चौकी बन्द गर्नेछ । भारतीय नागरिकहरूको लागि केही भिसा सुविधाहरू निलम्वन गर्नेछ । इस्लामाबादमा रहेका भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारहरूलाई अवाञ्छनीय व्यक्तित्व घोषणा गर्नेछ । सबै भारतीय एयरलाइन्सहरूको लागि पाकिस्तानको हवाई क्षेत्र बन्द गर्ने र भारतसँगका सबै व्यापारिक गतिविधिहरू निलम्वन गर्ने बताएको छ ।

भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउदै सिन्धु जल सन्धि निलम्वन, सीमा बन्द र पाकिस्तानी कर्मचारीहरूलाई निष्कासन गर्ने लगायत पाकिस्तान विरुद्ध धेरै उपायहरूको घोषणा गरेको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?