Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

६.२ म्याग्निच्युडको भूकम्पपछि इस्तानबुलका १ लाखभन्दा बढी मानिसले घर बाहिरै रात कटाए


एजेन्सी। आन्तरिक मन्त्री अली येर्लिकायाले शहरमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि परकम्पको डरले १ लाखभन्दा बढी इस्तानबुलका बासिन्दाले आफ्नो घरबाहिर रात बिताएको बताएका छन् ।

बिहीवार इस्तानबुलमा पत्रकार सम्मेलनमा बोल्दै येर्लिकायाले शहरभर मस्जिद, विद्यालय र छात्रावासमा कुल १ लाख १ हजार नागरिकलाई अस्थायी आश्रय प्रदान गरिएको छ । उनले प्रभावितहरूलाई सहयोग गर्न मोबाइल खानपान एकाइहरू र पालहरूमार्फत खाना वितरण गरिएको पनि बताए । वातावरण, शहरीकरण र जलवायु परिवर्तन मन्त्री मुरत कुरुमकाअनुसार फातिह जिल्लामा रहेको एउटा परित्यक्त भवन बाहेक शहरमा कुनैपनि आवासीय भवन भत्किएको छैन । स्वास्थ्यमन्त्री केमाल मेमिसोग्लुले भूकम्पको समयमा आतंकित भएर वा भवनहरूबाट हाम फालेर घाइते भएका ६० जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनले पहिले नै बताएका थिए कि जम्मा २३६ जना घाइते भएका छन् र कुनैपनि मृत्युको रिपोर्ट गरिएको छैन । भूकम्पको केन्द्रबिन्दु इस्तानबुलको तटभन्दा ठीक बाहिर मारमारा समुन्द्रमा अवस्थित थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?