Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

आज मिति २०७९ साल चैत्र २१ गते मंगलबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र २१ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – दिन राम्रै रहला। कुटनैतिक विधि अप्नाएर काम गर्नु होला। उपलब्धि मुलक काम हुनेछन्। आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन्। आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ। मान्यजनको सहयोग सहानुभूति मिल्नेछ ।

वृष राशी – घरजग्गा खरीद तथा जग्गासम्बन्धी कारोबार हुने छ। यात्रा सफल हुने छ।

मिथुन राशी – धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ।

कर्कटः– दिन संघर्षमा वित्नेछ। सहज रुपमा काम गर्न पाईने छैन। बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन। ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ। आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला।

सिंह राशी – कार्य्सिद्धि हुने अवसर मिल्नेछ। अतिथिको सेवा गर्नुपर्ने छ। मुद्दा मामिलामा विजयी पाप्त हुनेछ।

कन्या राशी – आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक धन खर्च होला।

तुला राशी – वित्तीय क्षेत्रको काममा फाइदा मिल्ने छ। नयाँ काम वा रोजगार पाइने छ। मान प्रतिष्ठामा बृद्धि होला।

वृश्चिक राशी – मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। अपरान्हपछि मन शान्त हुने छ। चिन्ता समाप्त हुने छ।

धनु राशी – शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलोसँग बित्ने छ।

मकर राशी – मनको दुविधा हटेर जाने छ। मायाप्रेममा सफलता हासिल हुने छ। स्वास्थ्यमा देखिएको समस्या समाधान हुने छ। दिनको उत्तरार्धमा धन खर्च होला।

कुम्भ राशी – मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायीहरुले उच्च नाफा आर्जन गर्ने योग छ।

मीन राशी – आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। कला क्षेत्रमा काम गर्नेलाई धेरै राम्रो दिन छ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?