Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौति दिएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उहाँले यस्तो चुनौति दिएका हुन् । उनले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताए । उनले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिएका छन्। उनले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरु भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताउदै मिसन ०८४ मा एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ हेर्न चुनौति दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘राजनीति हिजोको जस्तो मात्रै छैन । आजको अन्तर्राष्ट्रिय नीति हेर्ने हो भने, ग्लोवल अर्डर हर्ने हो भने त्यसले देखाउँछ त्यहाँ एउटा सिद्धान्त, नीतिको कुरा, विचारको कुरा वा आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्ने त्यो अवस्था होइन की कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको छ । कमाई थिति, विधि भन्दा ठूलो कुरा हो भनेर लागेको छ । यो विकासक्रमको गतिको नियम हो । यस्ता उत्तारचढावहरु आउँछन् । यस्ता झड्काहरु आउँछन् । यस्तैबाट क्लस स्ट्रगल मजबुत हुँदै जान्छ । दुनियाँले यत्रो हमला गरेको बेला साथीहरुलाई आश्चर्य लाग्दैन । दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनशाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ, नि । हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरुलाई । मिसन ०८४ मा हेरौँला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतिका साथ भन्छौँ ।’

प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्नेतिर नभइ कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको बताएका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?