Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

पूर्वराजा शाहमाथि प्रधानमन्त्री ओलीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ०५८ मा राज्य सत्ता हातमा लिँदा टेलिफोनको तार अहिलेसम्म फिर्ता नगर्नुभएको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य सत्ता हातमा लिँदा सञ्चार गृहमाथि गोली तेस्र्याएको र टेलिफोनको तार समेत काटेर लगेको र अहिलेसम्म फिर्ता नगरेको आरोप लगाएका छन् ।

उनले पूर्वराजा शाहलाई मूर्खको संज्ञा दिँदै उनले विगतमा फालिसकेको र सयौँ वर्ष देशलाई अन्धकारमा राखि जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु फेरि सल्बलाएको बताए । उनले फेरि प्रतिगमन गरेर आउने आँट कस्तो होला ? भन्दै प्रश्न समेत गरेका छन् । पूर्वराजाप्रति लक्षित गर्दै उहाँले २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने ? भन्दै प्रश्न गरे । २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने ? महाराजधिराज भएर बस्ने ? हामीलाई हुकुम दिने ? प्रधानमन्त्री ओलीको प्रश्न छ ।

चैत्र १५ गते पैसा तिरेका गुण्डाहरु शहर ल्याएर उपद्रो मच्चाएको आरोप लगाउदै उनले टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो, कस्तो मूर्ख होला, लाइन काटेपछि त सकियो नि प्रधानमन्त्रीको भनाइ छ । नेकपा एमाले जस्तो शक्तिको गर्जन नपुगेर सल्बलाएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले जनतालाई धेरै अवमूल्यन गर्नेकुरा सह्य नहुने चेतावनी पनि दिएका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?