Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छः उद्योगमन्त्री


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार व्यवसायी फस्टाउने गरी सहुलियत दिने नीति निर्माण गर्ने तयारीमा लागेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुँजी बजारलाई गतिशिल बनाउन नीतिमा भएका समस्या समाधान गर्न सरकार लागेको बताएका छन् । उनले निजी क्षेत्रले स्वदेशी कृषि उत्पादनलाई वृद्धि गरी निर्यात गर्ने अवसर आएको बताउदै अहिलेको सरकार निजी क्षेत्रमैत्री भएको दाबी गरेका छन् । नेपालको आर्थिक शिथिलतालाई पार लगाउन निजी क्षेत्रका व्यवसायीले तयार पारेको मार्गचित्र मान्न सरकार तयार रहेको उनको भनाइ छ । उनले व्यवसायीको मागअनुसार आयात निर्यात तथा तेस्रो देशमा निर्यात गर्दा लगाइएको शुल्कबारे सरकारले पुनरावलोकन गर्ने बताउदै नेपालमा भएका रैथाने कृषि वस्तुको ब्राण्डिङ र लेवलिङ गरेर निर्यात गर्न सके देश धनी हुने बताएका छन् ।

उनले भने, ‘हामीसँग उन्नत खालका रैथाने बालीहरु छन् । एउटा बाली सिजनमा नौ महिना दश महिनासम्म पाक्छ । त्यसको उत्पादन वृद्धि गर्न सकियो भने हामी चाहीँ मनग्गे धनी हुन्छौँ, यो बाली फस्टाउन सक्दैनौँ ? नेपालको दालकै कुरा गरौँ जुम्लामा पाइने सिमी, दार्चुलाको खण्डेश्वरी हिमालमा फलेको सिमी यस्ता थुप्रै रैथाने बाली नेपालको ब्राण्ड हो । त्यसलाई ब्राण्डिङ गर्ने, प्याकेजिङ गर्ने, लेबलिङ गर्ने, उत्पादन वृद्धि गर्ने, निजी क्षेत्रलाई त्यो अवसर छैन ? त्यो अवसर हामी देख्दैनौँ । खाली कस्टममा बसेर थोरै त्यताको पैसा चलाएर व्यवसाय सुध्रिन्छ ? नुन तेल र दालको संघ बनाए मात्रै त हुँदैन होला । आज नेपालले फुड क्राइसिसबाट फुड सेक्युरिटीमा पुगेर अझ त्यसलाई एक्स्पोर्ट गर्नेतिर कसरी पुग्छौँ भन्ने खालको प्लानिङ चाहियो । त्यो सम्भव छ । असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ । त्यसैले आजको छलफलले धेरै सम्भावनाका ढोका खोलेको छ । म के भन्न चाहन्छु भने अहिले हामी बजेटको नीति कार्यक्रमको पूर्वसन्ध्यामा निजी क्षेत्रका यति धेरै व्यक्तित्वहरु निजी क्षेत्रलाई लिड गर्ने व्यक्तित्वहरु यहाँ हुनुहुन्छ । अहिले सरकार निजी क्षेत्रमैत्री बनेको छ सँगै यात्रा गरी रहेको छ । त्यो आर्थिक सुधार कसरी हुन्छ ? आर्थिक शिथिलतालाई कसरी पार लगाउन सकिन्छ भन्ने सबै भुमिकामा उहाँहरुले भन्ने निष्कर्ष नै सरकारले मान्दैछ । तपाईँहरुको निष्कर्ष हामी मान्न तयार छौँ । त्यो सहयात्रा होइन ? अहिले हामी यो बजेट तपाईंले कहाँ कहाँ ट्यारिफ ड्युटीका कुरा सरकारले लगाएका आयात निर्यात तेस्रो मुलुकमा लागेको ड्युटी त्यसलाई कसरी गर्ने यी सबै सरकारलाई छोड्नुस्, त्यसको जिम्मा सरकारले लिन्छ । तपाईंलाई कहाँ सहुलियत दिनुपर्छ भन्ने नीतिमा सरकार यतिबेला व्यवसायी फस्टाउन नेपालको पूँजी बजारलाई गतिशिल बनाउन नीतिमा रहेका समस्यालाई समाधान गर्न चाहन्छौँ ।’

मन्त्री भण्डारीले गाउँका खेतीयोग्य जमिन बाँझो भएकाले व्यवसायीले लगानी गरी रैथाने बालीको प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । रैथाने कृषि उपजको उत्पादन वृद्धि गरी विश्व बजारमा निर्यात गर्ने अहिले उपयुक्त अवसर भएको उनको भनाइ छ ।


प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?