Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

चीन सरकारद्वारा म्यानमारलाई सातौं चरणको सहयोग प्रदान


एजेन्सी। चीन सरकारले म्यानमारलाई आपतकालीन मानवीय सहायता सामग्रीको सातौं ब्याच हस्तान्तरण गरेको छ ।

याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारले म्यानमार सरकारलाई सहायता सामग्रीहरु हस्तान्तरण गरेको हो । मार्च २८ मा आएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार जोखिममा छ । सहायता सामग्रीहरूमा ८ लाख बक्स एमोक्सिसिलिन क्याप्सुल, १ लाख २२ हजार बोतल प्यारासिटामोल र म्यानिटोल इन्जेक्सन, २ लाख २५ हजार बक्स सेफ्राडिन क्याप्सुल र ४ लाख ८० हजार बोतल आइबुप्रोफेन ट्याब्लेट समावेश छन् । जसको कुल तौल ९५ टन छ ।

म्यानमारको आधिकारिक तथ्याङ्कअनुसार भूकम्पले ३ हजार ७ सय २६ जनाको ज्यान गएको छ । ५ हजार १ सय ५ जना घाइते भएका छन् । अप्रिल १८ सम्म १२९ जना बेपत्ता छन् ।


प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?