Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

चीन सरकारद्वारा म्यानमारलाई सातौं चरणको सहयोग प्रदान


एजेन्सी। चीन सरकारले म्यानमारलाई आपतकालीन मानवीय सहायता सामग्रीको सातौं ब्याच हस्तान्तरण गरेको छ ।

याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारले म्यानमार सरकारलाई सहायता सामग्रीहरु हस्तान्तरण गरेको हो । मार्च २८ मा आएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार जोखिममा छ । सहायता सामग्रीहरूमा ८ लाख बक्स एमोक्सिसिलिन क्याप्सुल, १ लाख २२ हजार बोतल प्यारासिटामोल र म्यानिटोल इन्जेक्सन, २ लाख २५ हजार बक्स सेफ्राडिन क्याप्सुल र ४ लाख ८० हजार बोतल आइबुप्रोफेन ट्याब्लेट समावेश छन् । जसको कुल तौल ९५ टन छ ।

म्यानमारको आधिकारिक तथ्याङ्कअनुसार भूकम्पले ३ हजार ७ सय २६ जनाको ज्यान गएको छ । ५ हजार १ सय ५ जना घाइते भएका छन् । अप्रिल १८ सम्म १२९ जना बेपत्ता छन् ।


प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?