Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

इजरायली हवाई आक्रमणबाट गाजामा २५ जनाको मृत्यु


गाजा सिटी । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् ।

इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो । नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बास्सालले एएफपीलाई बताएका छन्, “आज बिहानदेखि भएका आक्रमणमा २० जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्, जसमा महिला र बालबालिका छन् ।”

यसपछि निकायले अर्को वक्तव्य जारी गर्दै राफाहको पूर्वी क्षेत्रमा सर्वसाधारणको समूहमाथि ड्रोन आक्रमण हुँदा थप पाँच जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले शनिबार युद्ध जारी राख्ने प्रतिबद्धता जनाउँदै बाँकी बन्धकहरूलाई उद्धार गर्ने बताउनुभएको छ । “हामी युद्धको निर्णायक चरणमा छौं, अहिले धैर्य र दृढता आवश्यक छ,” उनले भने।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले आक्रमण पुनः सुरु गरेदेखि अहिलेसम्म गाजामा कम्तीमा एक हजार ८२७ जनाको ज्यान गएको छ । अहिलेसम्मको युद्धमा गाजामा कुल ५१ हजार २०१ जनाको मृत्यु भइसकेको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको छ ।

यो युद्ध अक्टोबर सन् २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो। उक्त आक्रमणमा एक हजार २१८ जना इजरायली नागरिकको ज्यान गएको थियो । त्यतिबेला २५१ जना अपहरणमा परेका थिए, जसमा हालसम्म ५८ जना गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाको भनाइ छ ।


प्रकाशित मिति: ७ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?