Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताएका छन् ।

“बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,” ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ।
“चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठूलो छ र कुनै सानो छ,” उनले भने ।

ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो । ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?