Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गाजाका ३५ स्थानमा आक्रमण गरेको इजरायली सेनाको दाबी


एजेन्सी। इजरायली सेनाले सोमवार गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ । जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना बनाइएको छ ।

गाजा स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१३ पुगेको बताएका छन् । आक्रमण गरिएका स्थलहरूमा दक्षिणी गाजामा रहेको हतियार उत्पादन सुविधा र इजरायली भूभागलाई लक्षित गरी रकेट लन्चरहरू भएको प्रक्षेपण स्थल समावेश छ । दक्षिणी गाजाको रफाहमा इजरायलले शहरलाई काट्ने नयाँ सुरक्षा क्षेत्र निर्माण पूरा गरेको र इजरायली सेनाले २० मिटर गहिरो सुरुङ मार्ग ध्वस्त पारेको सेनाले जनाएको छ । इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ ।

अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५० हजार ९८३ पुगेको छ भने १ लाख १६ हजार २७४ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?