Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जोर्डन र इण्डोनेसियाद्वारा अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा


एजेन्सी। जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले सोमवार अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा गरेका छन् ।

जोर्डनको राजधानी अम्मानमा भएको आफ्नो वार्ताको क्रममा दुई नेताहरूले जेरुसेलमको पवित्र स्थलहरूमा ऐतिहासिक र कानूनी यथास्थिति परिवर्तन गर्ने कुनैपनि प्रयासको विरुद्ध चेतावनी दिएका छन् । राजाले जेरुसेलममा इस्लामिक र ईसाई पवित्र स्थलहरूको जोर्डनको संरक्षकत्वलाई पनि पुनः पुष्टि गरेका छन् ।

सोमवार सयौं इजरायलीहरूले पूर्वी जेरुसेलममा मुस्लिम र यहूदी दुवैले सम्मान गर्ने अल–अक्सा मस्जिद परिसरमा आक्रमण गरेका थिए । उक्त समयमा यहूदी निस्तार चाड मनाउन धार्मिक अनुष्ठानहरू गर्दै थिए । हालको व्यवस्था अन्तर्गत परिसरमा गैर–मुस्लिम आगन्तुकहरूलाई अनुमति दिइएको भएपनि उनीहरूलाई त्यहाँ प्रार्थना गर्न अनुमति छैन । दुवै पक्षले रक्षा, शिक्षा, कृषि र धर्म जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने बारेमा पनि छलफल गरेका छन् ।

कतारको भ्रमणपछि सुबियान्तो आईतवार दुई दिने भ्रमणका लागि जोर्डन आइपुगेका थिए।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?