Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते


एजेन्सी। यमनको राजधानी सानाको पश्चिमी इलाकामा गरिएको अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने अन्य १३ जना घाइते भएको हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

बानी मतार जिल्लामा रहेको सिरेमिक कारखानालाई लक्षित गरी गरिएको आक्रमणमा स्थानीय बासिन्दा र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हवाई आक्रमण अघि र पछि सानाभर लडाकु विमानहरूको गर्जन सुनिएको बताइएको छ ।

हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार अमेरिकी युद्धक विमानहरूले उत्तरी प्रान्त मारिब र अल–जौफमा दुई थप आक्रमण गरेका छन् । पछिल्लो हवाई आक्रमणले उत्तरी यमनमा दिनभर अमेरिकी हवाई आक्रमणको कुल संख्या २५ पुगेको उल्लेख गरिएको छ । उत्तरी यमनको विशाल क्षेत्रहरू नियन्त्रण गर्ने हुथीहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूसँग ऐक्यवद्धता देखाउन नोभेम्बर २०२३ देखि इजरायली लक्ष्यहरूमा आक्रमण गरिरहेका छन् ।

यमनमा आधारित मिलिशियाले इजरायलले गाजामा जारी युद्ध समाप्त गरे र आवश्यक खाना र औषधिलाई पट्टीमा प्रवेश गर्न दिएमा कारबाही बन्द गर्ने दाबी गरेको छ ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?