Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

लगातार दोस्रो हारपछि चितवनको यात्रा कठिन


काठमाडौँ। राम्रो शुरुवातका बाबजुद एफसी चितवनको लगातार दोस्रो हार व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा प्लेअफ सम्भावना पनि कठिन बनेको छ ।

काठमाडौं रेजर्सले सोमवार १० खेलाडीमा सीमित एफसी चितवनलाई २–० ले हराएको हो । यससँगै काठमाडौंले प्लेअफ सम्भावना जीवितै राख्दा चितवनको भने संकटमा परेको छ । पछिल्ला दुई सिजनमा नै चितवन प्लेअफमा पुग्ने सकेका थिएन । यद्यपि, यस संस्करण राम्रो शुरुवात गरे पनि लय जारी राख्न नसक्दा चितवन फेरि संकटमा देखिएको छ । काठमाडौंको जितमा बाकारी माने र अमाडौ डियोपले समा एक गोल गरे । प्लेअफ सम्भावना जीवित राख्न काठमाडौंसँग चितवनविरुद्ध जित्नुपर्ने दबाब थियो । त्यसमा काठमाडौंले सफलता पनि पाएको छ । दशरथ रंगशालामा भएको खेलमा चितवनले पनि अवसर गुमाउँदा हार सामना गरेको हो । कप्तान अन्जन विष्टले चितवनलाई अग्रता दिलाउन पाएका थिए ।

तर उनी ती अवसरमा गोल गर्न सफल भएनन् । २२ औं मिनेटमा भिक्टर मानसारेको कटब्याकमा अन्जनको पहिलो टच पोस्टको माथिबाट बाहिरियो । फेरि अन्जनले अर्को अवसर सदुपयोग गर्न सकेनन् । अन्जनले पेनाल्टीक्षेत्र भित्रबाट गरेको प्रहार काठमाडौंका गोलकिपर चेइख गेयेले उत्कृष्ट बचाउ गरे । काठमाडौंले ३२ औं मिनेटमा बाकारिमानेको फ्रिकिक गोलबाट अग्रता लियो । मानेले दोस्रो बार च्याप्दै गरेको फ्रिकिक टप कर्नर हुँदै गोलमा परिणत भयो । यससँगै काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लियो । ४६ औं मिनेटमा पनि काठमाडौंका बुटा टुरेले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

कमल श्रेष्ठको क्रसमा चितवनका डिफेन्डर नोडिर माभलोनोभले हेडरमार्पmत क्लियर गरेको बल टुरेको खुट्टामा पुग्यो । तर, अनमार्क टुरेको प्रहार फितलो रह्यो । चितवन ५६औं मिनेटमा १० खेलाडीमा सीमित भयो । कर्नरमा बल आउट भएपछि काठमाडौंका अलिजोन अलिजोनोभ र चितवनका युसुफ मलिकबीच विवाद भयो । यस क्रममा रेफ्री प्रज्वल क्षेत्रीले दुवैलाई पहेँलो कार्ड दिए । युसुफले दोहोरो पहेंलो कार्ड सामना गरे । ५७ औं मिनेटमा टुरेको क्रसमा नजिकैबाट अमाडौको प्रहार चितवनका गोलकिपर अमल नाइटले बचाए । ७१ औं मिनेटमा काठमाडौंले अग्रता दोब्बर बनायो । रोहन कार्कीको प्रहार काठमाडौंका डिफेन्डरले रोके पनि रिबाउण्ड बललाई अमाडौले नजिकैबाट गोल गरे । यससँगै काठमाडौं २–० ले अगाडि बढ्यो ।

त्यसपछि थप गोल हुन सकेन र चितवनले लगातार दोस्रो हार सामना ग¥यो । लिगमा काठमाडौंको यो दोस्रो जित हो । ६ खेलबाट काठमाडौंले समान दुई जित र बराबरी तथा दुई हारसहित आठ अंक जोडेको छ । प्लेअफ पुग्न अब काठमाडौंले अन्य टोलीको नतिजा पनि सामना गर्नुपर्नेछ । पाँचौं खेल खेलबाट चितवनले लगातार दोस्रो हार व्यहोरेको हो । चितवनले दुई जित र एक बराबरीसहित अंक जोडेको छ । अब चितवनले अन्तिम खेलमा धनगढीसँग खेल्नेछ । त्यसैले बलियो टोली धनगढीविरुद्ध जित निकाल्न चितवनका लागि कठिन बन्नसक्छ ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?