Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

लगातार दोस्रो हारपछि चितवनको यात्रा कठिन


काठमाडौँ। राम्रो शुरुवातका बाबजुद एफसी चितवनको लगातार दोस्रो हार व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा प्लेअफ सम्भावना पनि कठिन बनेको छ ।

काठमाडौं रेजर्सले सोमवार १० खेलाडीमा सीमित एफसी चितवनलाई २–० ले हराएको हो । यससँगै काठमाडौंले प्लेअफ सम्भावना जीवितै राख्दा चितवनको भने संकटमा परेको छ । पछिल्ला दुई सिजनमा नै चितवन प्लेअफमा पुग्ने सकेका थिएन । यद्यपि, यस संस्करण राम्रो शुरुवात गरे पनि लय जारी राख्न नसक्दा चितवन फेरि संकटमा देखिएको छ । काठमाडौंको जितमा बाकारी माने र अमाडौ डियोपले समा एक गोल गरे । प्लेअफ सम्भावना जीवित राख्न काठमाडौंसँग चितवनविरुद्ध जित्नुपर्ने दबाब थियो । त्यसमा काठमाडौंले सफलता पनि पाएको छ । दशरथ रंगशालामा भएको खेलमा चितवनले पनि अवसर गुमाउँदा हार सामना गरेको हो । कप्तान अन्जन विष्टले चितवनलाई अग्रता दिलाउन पाएका थिए ।

तर उनी ती अवसरमा गोल गर्न सफल भएनन् । २२ औं मिनेटमा भिक्टर मानसारेको कटब्याकमा अन्जनको पहिलो टच पोस्टको माथिबाट बाहिरियो । फेरि अन्जनले अर्को अवसर सदुपयोग गर्न सकेनन् । अन्जनले पेनाल्टीक्षेत्र भित्रबाट गरेको प्रहार काठमाडौंका गोलकिपर चेइख गेयेले उत्कृष्ट बचाउ गरे । काठमाडौंले ३२ औं मिनेटमा बाकारिमानेको फ्रिकिक गोलबाट अग्रता लियो । मानेले दोस्रो बार च्याप्दै गरेको फ्रिकिक टप कर्नर हुँदै गोलमा परिणत भयो । यससँगै काठमाडौंले पहिलो हाफमा १–० को अग्रता लियो । ४६ औं मिनेटमा पनि काठमाडौंका बुटा टुरेले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

कमल श्रेष्ठको क्रसमा चितवनका डिफेन्डर नोडिर माभलोनोभले हेडरमार्पmत क्लियर गरेको बल टुरेको खुट्टामा पुग्यो । तर, अनमार्क टुरेको प्रहार फितलो रह्यो । चितवन ५६औं मिनेटमा १० खेलाडीमा सीमित भयो । कर्नरमा बल आउट भएपछि काठमाडौंका अलिजोन अलिजोनोभ र चितवनका युसुफ मलिकबीच विवाद भयो । यस क्रममा रेफ्री प्रज्वल क्षेत्रीले दुवैलाई पहेँलो कार्ड दिए । युसुफले दोहोरो पहेंलो कार्ड सामना गरे । ५७ औं मिनेटमा टुरेको क्रसमा नजिकैबाट अमाडौको प्रहार चितवनका गोलकिपर अमल नाइटले बचाए । ७१ औं मिनेटमा काठमाडौंले अग्रता दोब्बर बनायो । रोहन कार्कीको प्रहार काठमाडौंका डिफेन्डरले रोके पनि रिबाउण्ड बललाई अमाडौले नजिकैबाट गोल गरे । यससँगै काठमाडौं २–० ले अगाडि बढ्यो ।

त्यसपछि थप गोल हुन सकेन र चितवनले लगातार दोस्रो हार सामना ग¥यो । लिगमा काठमाडौंको यो दोस्रो जित हो । ६ खेलबाट काठमाडौंले समान दुई जित र बराबरी तथा दुई हारसहित आठ अंक जोडेको छ । प्लेअफ पुग्न अब काठमाडौंले अन्य टोलीको नतिजा पनि सामना गर्नुपर्नेछ । पाँचौं खेल खेलबाट चितवनले लगातार दोस्रो हार व्यहोरेको हो । चितवनले दुई जित र एक बराबरीसहित अंक जोडेको छ । अब चितवनले अन्तिम खेलमा धनगढीसँग खेल्नेछ । त्यसैले बलियो टोली धनगढीविरुद्ध जित निकाल्न चितवनका लागि कठिन बन्नसक्छ ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?