Trending
>>   नयाँ ५ रुपैयाँ दरको नयाँ नोट बजारमा,यस्ता छन् बिशेषता >>   पशुपतिमा रहेको बिरुपाक्ष पुरै जमिनमा निस्किएकाे दिन के हुन्छ? >>   बजेट अधिवेशनमा शिक्षकहरुका माग सम्बोधन गर्न सम्भव छैनः सभामुख घिमिरे >>   अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान >>   राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान >>   कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प >>   ‘नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हट्यो’ >>   दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमणमा ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते >>   स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा >>   औषधि लिमिटेडसँग सम्झौता गर्न नचाहने स्वास्थ्य मन्त्रालयको रवैयाले औषधि उत्पादन प्रणाली नै संकटमा
Logo
४ बैशाख २०८२, बुधबार
४ बैशाख २०८२, बुधबार

सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउनसक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् ।

आईतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए । उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनैपनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको बताएका छन् ।

उनले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर लाने संविधान छ । यसले कुनैपनि पार्टीको बहुमत आउन चाहीँ गाह्रो छ । तर गाह्रो भएतापनि सबैलाई मिलाउन सक्ने यो संविधान छ । नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ । यसमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेसी, महिला सबैको यसमा समावेशीता छ । त्यसैले अहिलेको संविधानले अत्यन्तै ठूलो र महत्वपूर्ण भुमिका खेलेको छ । हाम्रो पार्टीभित्र पनि सबैलाई समानुपातिक, समावेशी किसिमको हाम्रो विधान छ । त्यसकै आधारमा अहिले मुस्लिम समुदायबाट पनि नेताहरु हुनुहुन्छ ।’

उनले काँग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताउदै उनले काँग्रेसको विधान समावेशी समानुपातिक रहेको समेत उनको भनाइ छ ।


प्रकाशित मिति: १ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?