Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

पशुपतिमा रहेको बिरुपाक्ष पुरै जमिनमा निस्किएकाे दिन के हुन्छ?


काठमाडौं । हिन्दुहरुको आस्थाको केन्द्र हो पशुपतिनाथको मन्दिर । राजधानी काठमाडौंमा रहेको यो मन्दिरमा दर्शन गर्नको लागि बिदेशी तथा स्वदेशी पर्यटकहरुको दिनहुँ भिड लाग्ने गर्छ । पशुपतिनाथको मन्दिर भन्दा तल्लोपट्टि बिरुपाक्ष अर्थात् कलीको मुर्ती त हामीले देखेका नै छौँ । ब्रह्मनाल नजिकै रहेको कलिको उत्पत्ति कसरी भयो ?कलीयुगको सुरु कसरी भयो र कसले बिरुपाक्षको मुर्तिलाई पशुपतिनाथमा स्थापित गरे यो खोजिको विषय हो । तर, यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आएपछि संसारको अन्त्य हुने विश्वास गरिन्छ ।

बिरुपाक्ष अर्थात‘कलि’ र १२ सय दिव्य वर्षको एक कलियुग । शास्त्रहरुका अनुसार कलियुगको शुरुवात महाभारत युद्ध सकिएको केही वर्ष पछि ३१३७ ईसा पूर्वमा भएको थियो ।महाभारत युद्ध भएको को ३५ वर्षपछि भगवान कृष्णको देहान्त भएको थियो, त्यसपछि कलियुगको आरम्भ भएको विश्वास गरिन्छ । कलियुगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख छ ।

बिरुपाक्षका विषयमा यसो भन्छन् पुजारी मदन भट्ट बिरुपाक्षको एकदमै गरीब परिवारमा जन्म भएको बताउँछन् बिरुपाक्ष मन्दिरका पुजारी मदन भट्ट । ‘कलीको जन्म पश्चात उनका पिता कमाउनका लागि परदेश हिँडे, त्यसपछिका दिनहरुमा उनकी आमाले एकदमै दुःख गरेर कलीलाई हुर्काइन्,जब बिरुपाक्ष विस्तारै बढ्दै गए र घरपरिवारका बारेमा बुझ्ने भए तब उनले आमासँग पिताको खोजीमा जाने कुरा बताए’ पुजारी भट्टले कलीको बारेमा इतिहाँस सुनाए ।

धेरै वर्ष आफूले दुःख गरेर बढाएको छोराले पनि श्रीमानझैं छोडेर जाने कुरा सोचेर आमाले जान असहमति जनाइन् । तर जिद्धी बालक बिरुपाक्षले भने बाँचेको भए साथै लिएर आउँछु मरेको भए दाहसंस्कार गरेर फर्कने कुरा गरे । कली आमालाई रुवाउँदै पिताको खोजीमा निस्के ।

यसरी पिता खोज्न निस्कदा बिरुपाक्षको उमेर सात वर्षको मात्र थियो । धेरै वर्ष बितिसक्दा पनि बिरुपाक्षले आफ्नो पिताको बारेमा केही थाहा पाएनन् । उनी सोच्छन् मरेकै भए पनि पिताको दाहसंस्कार गर्नैपर्छ र आमालाई पनि यही वचन दिएको छु । यसरी खोज्दै जाने क्रममा बालक बिरुपाक्ष जवान भइसक्छन् । उनी १७ वर्षको जवान भईसक्दा पनि पिताको बारेमा केही पत्तो लगाउन सक्दैनन् ।

यस्तो छ कली र उनकी आमाबीचको रहस्य !

एक रात जंगलको बाटो हिडिरहँदा कलि एउटा ओडारमा बास बस्न पुग्छन् । त्यो ओडारमा एक जना अधवैँशे महिला पनि हुन्छिन् । रात छिपिप्दै जाँदा उनीहरुबीच यौन सम्पर्क हुन्छ ।

उनकी आमा पनि लामो समयसम्म छोरा र श्रीमान नआएपछि उनीहरुको खोजीमा निस्केकी हुन्छिन् । संयोगवश त्यो रात उनीहरुको ओडारमा भेट हुन्छ । अध्यारोमा एक अर्काबीच चिनजान नभएपछि यौवनले उन्मात बिरुपाक्ष र यौवन नओइलाएकी अधवैँशे आमाबीच सम्भोग हुन पुग्छ । अध्यारोमा एकले अर्कोलाई चिन्दैनन् ।

एउटै ओडारमा फरक फरक प्रयोजनका लागि एक रातको बास बसेका हुन्छन् । भोलिपल्ट छुट्टिने बेला भयो, कोसँग रात बिताएको रहेछु भनेर बुझ्न खोज्दा उनले आफ्नै आमासँग यौन सम्पर्क गरेको थाहा पाए । यो थाहा पाएपछि विरुपाक्ष आफूले आफैलाई धिकार्छन् । आफूलाई सम्झाउन नसकेपछि आफ्नो गल्ती प्रायश्चित गर्नकै लागि कली पशुपतिनाथसँग उपाय माग्न पशुपति आइपुग्छन् । उनले पशुपतिनाथसँग पापबाट मुक्त गराइदिन अनुरोध गर्दछन् ।

तर भाँङ खाएर लठ्ठिएका शिव तथा पशुपतिनाथले उनलाई १२ धार्नी तामा तताएर पिएपछि सबै पाप नाश हुने बताउँछन् ।
यसरी, बिरुपाक्ष आफ्नो पापबाट मुक्त हुने विश्वासका साथ १२ धार्नी तामा तताउन थाल्छन् । ठोस तामा तताएर पिउन तयार हुँदै गर्दा तामा तात्यो कि तातेन भनेर भाँडाको ढकन खोलेर हेर्न खोज्दा तातो तामाको रापले बिरुपाक्षको अनुहार सबै डड्छ ।

भनिन्छ, यसरी अनुहार डढेकै कारण उनको नाम कुरुप अर्थात बिरुपाक्ष रहन गएको होे । कलीले आफूले गरेको अन्जान गल्तीको बदलामा आफूलाई मार्न खोजेको भन्दै पशुपतिनाथलाई गाली गर्न थाल्छन् । शिवको मुर्तीमा लात हान्दै गाली गर्दै नदी किनारमा बस्छन् ।

एक दिन कलीले शिवजीको निन्दा गर्दै हिड्दा भगवान बुद्धलाई देख्छन् र आफूले गरेको गल्तीको प्रायश्चित गर्दै पापबाट मुक्त हुने उपाय बताउनका लागि बिन्ती गर्दछन् । बुद्धले आफूले लगाएको बोधीचित्तको माला फुकालेर दिँदै उनलाई यो माला तबसम्म गन्नु जबसम्म खुइलिदैन भन्ने सल्लाह दिए ।

उनी माला लिएर अहिलेको कलीको मूर्ती भएको ठाउँमा बसेर माला गन्न थाल्छन् । महिना दिनसम्म बितिसक्दा पनि माला नखुइलिएको देखेर उनलाई बुद्धसँग पनि रिस उठ्छ र माला फालिदिन्छन् । त्यसैबखत उनले त्यहाँ एउटा फाटेको कपडा लगाएको बालकले ढुङ्गामा फलाम घोटिरहेको देख्छन् । उनलाई त्यो दृश्य अचम्म लाग्छ र बालकलाई सोध्छन् ‘किन यसरी फलाम घोटिरहेका छौ ।’ ‘मेरो कपडा च्यातिएको छ, म फलामको पाता घोटेर सियो बनाउँछु र कपडा सिलाउँछु ।’

‘त्यो बालक बुद्धको अर्को रुप थियो, बालकको कुराले उनको मन पनि प्रसन्न भएछ र पुनः माला टिपेर जप्न थालेछन्, कलिको मूर्तीको अगाडि घाटको दाहिने पट्टी अहिले पनि बुद्धको छापको पाइला देख्न सकिन्छ।

उनले महादेवको निन्दा गरेको र लामो समयसम्म पशुपति परिसरमा बसेकै कारण माला गन्दै गरेका बिरुपाक्षलाई पशुपतिनाथका भक्तहरुले जमिनमुनि गाडिदिएका थिए भन्ने किम्वदंती छ । यसरी बिरुपाक्षले आमासँग सम्भोग गरेपछि कलियुगको सुरुवात भएको हो भनिन्छ । त्यसपछि बिरुपाक्षलाई कलिको नामले चिनिन थालिएको हो ।

गाडिएको कलिको मूर्ती ब्रह्माको समय अनुसार जब पृथ्वीबाट बाहिर निस्कन्छ तब बिरुपाक्षले पशुतिनाथमा बसेर आफ्नो गल्तीको प्रयाश्चित गर्दा गर्दै मान्छेहरुले आफूलाई जमिनमुनी गाढेको रिसका कारण पृथ्वीबासीसँग उनले बदला लिनेछन्, त्यसैबेला शिवजी आएर उनको अन्त्य गर्नेछन्, र, कलीयुगको समाप्त भई पुनः सत्य युगको शुुरुवात हुनेछ भन्ने धर्म ग्रन्थमा उल्लेख छ ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?