Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इजिप्टले इन्धनको मूल्य १५ प्रतिशतले बढायो


एजेन्सी। इजिप्टले शुक्रवार इन्धन उत्पादनको मूल्य लगभग १५ प्रतिशतसम्म बढाएको छ । जुन २०२५ मा पहिलो पटक इन्धन अनुदान घटाउने आर्थिक सुधारको बीचमा वृद्धि भएको इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिअनुसार ग्रेडको आधारमा पेट्रोलको मूल्य १४.५ प्रतिशतले बढेको छ । इन्धन स्वचालित मूल्य निर्धारण समितिले डिजेल इन्धनको मूल्य प्रतिलिटर १५.५० इजिप्टियन पाउण्ड, ८०–अक्टेन पेट्रोल १५.७५ पाउण्ड, ९२–अक्टेन १७.२५ पाउन्ड र ९५–अक्टेन १९ पाउन्डमा समायोजन गरेको छ । यसैबीच ब्युटेन खाना पकाउने ग्यासको मूल्य १५० पाउण्डबाट बढाएर २०० पाउण्ड प्रतिसिलिन्डर पुर्याइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको आठ अर्ब अमेरिकी डलरको समर्थन प्याकेजले आवश्यक आर्थिक सुधारले सरकारलाई इन्धन, बिजुली र खाद्य पदार्थको मूल्य बढाउन बाध्य पारेको छ । यद्यपि सरकारले अनुदानित वस्तुहरूको कटौतीलाई सन्तुलनमा राख्न सामाजिक सुरक्षा कार्यक्रम बिस्तार गर्यो । बिजुली उत्पादन र खाद्य उद्योगहरूमा प्रयोग हुने माजुटको मूल्य अपरिवर्तित छ ।

पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आगामी ६ महिनाको लागि अर्को इन्धन मूल्य वृद्धिलाई विचार नगर्ने बताएको छ ।


प्रकाशित मिति: ३० चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?