Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

गलत सूचनाका कारण योगी आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास जानुभएको भने, त्यसको खण्डन गर्छुः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गरेको  भन्ने भनाइको खण्डन गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दुतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको भन्दै उक्त भनाइको खण्डन गरेका छन् । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दुतावास नआएको र भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उल्लेख गरेका छन् ।

सभापति देउवाले भने, ‘अघि डा. शेखर कोईरालाले भनिसक्नुभयो । सहकारीको नाममा अहिले धेरै ठूलो बद्नामीहरु भइरहेको छ । यो नहोस् भनिसक्नु भयो । त्यसैले शेयर होल्डरको पैसा जनताको पैसा भएको हुनाले यसको अनावश्यक खर्च हुनु हुँदैन । अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । त्यसमा भन्न चाहन्छु मैले । उहाँले दिल्लीको राजदुतावासमा आउनुभएको होइन, दिल्लीको राजदुतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो । हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दुतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु ।’

सभापति देउवाले सहकारीको नाममा धरै ठूलो बद्नामी भइरहेको बताएका छन् ।


प्रकाशित मिति: ३० चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?