Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

आणविक तनावकाबीच ट्रम्पद्वारा इरानसँग प्रत्यक्ष वार्ताको घोषणा


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो आणविक कार्यक्रममा प्रत्यक्ष उच्चस्तरीय वार्ताको घोषणा गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ह्वाइट हाउसमा भएको भेटघाटको क्रममा यो घोषणा आएको हो । उनले आगामी शनविार धेरै उच्चस्तरीय अधिकारीहरू सम्मिलित ठूलो बैठक हुने कुरा पनि खुलासा गरेका छन् । ट्रम्पले आफूहरु इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको बताउदै वार्ता सफल हुने र सफल भएको खण्डमा इरानको सर्वोत्तम हित हुने जिकिर गरेका छन् ।

ट्रम्पको यो घोषणा महिनौंदेखि इरानमाथि बढ्दो दबाबपछि आएको हो । जसमा तेल निर्यातमा कडा प्रतिवन्ध र सैन्य कारबाहीको धम्की समावेश छ । जबकि इरानका सर्वोच्च नेता अली खामेनीले ट्रम्पले आफ्नो अधिकतम दबाब नीति कायम राखेसम्म संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरालाई अस्वीकार गरेका छन्। घोषणामा उपस्थित नेतान्याहूले वार्ताको बारेमा शंका व्यक्त गरेका छन् ।

इरानले अझै वार्तामा आफ्नो सहभागिता पुष्टि गरेको छैन ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?