Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

लेबनानमा हेज्बुल्लाह कमाण्डरलाई मारेको इजरायली सैनिकको दाबी


एजेन्सी। इजरायल रक्षा बलले सोमवार गाजामा पत्रकारको रूपमा प्रश्तुत हमास लडाकुलाई निशाना बनाएको र दक्षिणी लेबनानमा हेज्बुल्लाह कमाण्डरलाई मारेको बताएको छ ।

सैनिक र आन्तरिक सुरक्षा सेवा शिन बेटले दक्षिणी गाजाको खान युनिस क्षेत्रमा हमासका आतंकवादी हसन अब्देल फताह मोहम्मद असलिहलाई प्रहार गरेको बताएको छ । जो पत्रकारको भेषमा काम गर्ने गरेका बताइएको छ । हमासको खान युनिस ब्रिगेडका सदस्य असलिहले अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा भाग लिएका थिए र जसको क्रममा उनले लुटपाट, आगजनी र हत्याको फुटेज सामाजिक सञ्जालमा दस्तावेजीकरण र अपलोड गरेका थिए ।

नोभेम्बर २७, २०२४ देखि लेबनानको हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम सम्झौता लागू भएको छ । जसले गाजामा युद्धबाट शुरु भएको एक वर्षभन्दा बढी शत्रुताको अन्त्य गरेको छ । सम्झौताको बावजुद इजरायली सेनाले कहिलेकाहीं लेबनानमा आक्रमणहरू गर्ने गरेको छ ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?