Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

लेबनानमा हेज्बुल्लाह कमाण्डरलाई मारेको इजरायली सैनिकको दाबी


एजेन्सी। इजरायल रक्षा बलले सोमवार गाजामा पत्रकारको रूपमा प्रश्तुत हमास लडाकुलाई निशाना बनाएको र दक्षिणी लेबनानमा हेज्बुल्लाह कमाण्डरलाई मारेको बताएको छ ।

सैनिक र आन्तरिक सुरक्षा सेवा शिन बेटले दक्षिणी गाजाको खान युनिस क्षेत्रमा हमासका आतंकवादी हसन अब्देल फताह मोहम्मद असलिहलाई प्रहार गरेको बताएको छ । जो पत्रकारको भेषमा काम गर्ने गरेका बताइएको छ । हमासको खान युनिस ब्रिगेडका सदस्य असलिहले अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा भाग लिएका थिए र जसको क्रममा उनले लुटपाट, आगजनी र हत्याको फुटेज सामाजिक सञ्जालमा दस्तावेजीकरण र अपलोड गरेका थिए ।

नोभेम्बर २७, २०२४ देखि लेबनानको हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम सम्झौता लागू भएको छ । जसले गाजामा युद्धबाट शुरु भएको एक वर्षभन्दा बढी शत्रुताको अन्त्य गरेको छ । सम्झौताको बावजुद इजरायली सेनाले कहिलेकाहीं लेबनानमा आक्रमणहरू गर्ने गरेको छ ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?