Trending
>>   सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै प्रदर्शन >>   अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया >>   ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन >>   नेपाल र भारतका भन्सार उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु >>   मौसम :यी स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना >>   बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु >>   आज मिति २०८१ साल चैत्र २८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने
Logo
२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

प्रधानमन्त्रीको आश्वासनमा शंका छैन तर काम नभएसम्म विश्वास लाग्दैनः हर्क साङपाङ


काठमाडौँ। धरान उप महानगरपालिकाका मेयर हर्कराज राईले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् ।

सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका छन् । उनले सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलो बाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने बताए । उनले धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक भएको बताउंदै उनले खानेपानी व्यवस्थापनका लागि करिव पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको बताएका छन् । प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने उनको भनाइ छ । उनले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उतिकै बढेको बताएका छन् ।

मेयर साङपाङलले जीवन रहेसम्म समस्याले नछोड्ने भन्दै मुख्य समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । काठमाडौंवासीले नियमित मेलम्चीको पानी खान नपाएको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले श्रमदान गर्न आउन पर्यो कि भन्दै व्यङ्ग्य गरेका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?