Trending
>>   सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै प्रदर्शन >>   अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया >>   ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन >>   नेपाल र भारतका भन्सार उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु >>   मौसम :यी स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना >>   बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु >>   आज मिति २०८१ साल चैत्र २८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने
Logo
२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

राष्ट्रिय सूचना आयोगमा पछिल्लो एक महिनामा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन


काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मलेन गरी आयोगले निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको हो । आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले आयोगले आवश्यकताअनुसार कार्यालय खोल्नसक्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा संगठन तथा व्यवस्थापन सर्वेक्षणको लगि सैद्धान्तिक सहमतिसहित पक्रिया अगाडि बढाउने आयोगको निर्णय छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले यस अतिरिक्त आयोगका नियमित कामहरु अन्तर्गत सूचना अभियन्ताहरुको पुनरावेदन लिने र तदनुसार आदेश गर्ने काम भइरहेको बताए । पछिल्लो एक महिनाको अवधिमा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन प्राप्त भएको जानकारी दिएका छन् । प्रक्रियामा रहेका ५६ वटा पुनरावेदनमा आदेश भएको बताए। उनकाअनुसार आयोगले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवस २०८२ वैशाख २२ गते भव्यताका साथ मनाउने र राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रुपमा बोलाइएको जानकारी दिएका छन् ।

स्थापना दिवसकै सन्दर्भमा उत्कृष्ट सूचना अधिकारी छनोटको लागि आवेदन आह्वान गर्दै गोरखापत्र र आयोगको वेबसाईटमार्फत २०८१ फागुन २७ मा सूचना प्रकाशन गरिएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?