Trending
>>   सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै प्रदर्शन >>   अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया >>   ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन >>   नेपाल र भारतका भन्सार उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु >>   मौसम :यी स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना >>   बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु >>   आज मिति २०८१ साल चैत्र २८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने
Logo
२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फेरि ३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


काठमाडौँ। नेपाल राष्ट्र बैंकले फेरि ३५ अर्ब खिच्ने तयारी गरेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चैत २५ गते बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २३ दिन अवधिका लागि ३५ अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन पेश गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको हकमा चार अंकसम्म उल्लेख गर्न राष्ट्र बैंकले भनेको छ ।

यसअघि पनि नेपाल राष्ट्र बैंकले पटकपटक तरलता खिच्दै आएको छ । राष्ट्र बैंकले चैत २० मा २१ दिनका लागि ३० अर्बको तरलता खिचेको थियो भने चैत १७ मा २१ दिनकै लागि २५ अर्बको तरलता खिचेको थियो । त्यसअघि चैत १३ मा ३० अर्ब, चैत १० मा २० अर्ब, चैत ६ मा २५ अर्ब, चैत ३ मा ४० अर्बको तरलता खिचेको थियो ।


प्रकाशित मिति: २५ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?