Trending
>>   सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै प्रदर्शन >>   अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया >>   ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन >>   नेपाल र भारतका भन्सार उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु >>   मौसम :यी स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना >>   बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु >>   आज मिति २०८१ साल चैत्र २८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने
Logo
२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

असनमा सेतो मच्छिन्द्रनाथको पूजा, आराधना गर्नेको भीड


काठमाडौँ। शनिवारबाट शुरु भएको सेतो मच्छिन्द्रनाथ पूजा, आराधना गर्नेको भीड लागेको छ ।

चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो । आज असनमा बिहानैदेखि सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्नेहरुको संख्या उल्लेख्य रहेको देख्न सकिन्छ । शनिवारदेखि शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौं उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।

करूणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगर परिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

सेतो मच्छिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ ।


प्रकाशित मिति: २४ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?