
एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले व्यापार युद्धमा कसैले पनि नजित्ने बताएका छन् ।
व्यापक विरोधको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जसमा १० प्रतिशत न्युनतम आधारभुत कर र केही व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाइनेछ । ह्वाइट हाउसको पछिल्लो कर नीतिमा गुटेरेसको टिप्पणीको बारेमा सोध्दा संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले व्यापार युद्धमा कसैले पनि नजित्ने बताएका छन् ।
उनले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरू विश्वव्यापी व्यापार युद्धले नकारात्मक रूपमा प्रभावित हुने बताएका छन् ।
प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार