Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

संयुक्त राष्ट्र मानव अधिकार परिषद्द्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आग्रह


एजेन्सी। संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधवार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रश्ताव पारित गरेको छ । पक्षमा २७ मत विपक्षमा ४ मत र १६ मतले मतदान नगरी पारित भएको प्रश्तावले इजरायललाई युद्धविराम सम्झौता उल्लङ्घन गरेकोमा निन्दा गरेको छ ।

आफ्ना प्रतिवद्धताहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । प्रश्तावले गाजामा युद्धको विधिको रूपमा इजरायलले भोकमरीको प्रयोग, मानवीय पहुँचको गैरकानूनी अस्वीकार, राहत आपूर्तिमा जानाजानी अवरोध र खाद्यान्न, पानी, बिजुली, इन्धन र दूरसञ्चार लगायत नागरिक बाँच्नको लागि आवश्यक पर्ने आवश्यक स्रोतहरूबाट वञ्चित गरेकोमा थप निन्दा गरेको छ ।

प्रश्तावले इजरायली अधिकारीहरूले नरसंहारको लागि उक्साउने बयानहरूमाथि गम्भीर चिन्ता व्यक्त गरेको छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?