Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

संयुक्त राष्ट्र मानव अधिकार परिषद्द्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आग्रह


एजेन्सी। संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधवार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रश्ताव पारित गरेको छ । पक्षमा २७ मत विपक्षमा ४ मत र १६ मतले मतदान नगरी पारित भएको प्रश्तावले इजरायललाई युद्धविराम सम्झौता उल्लङ्घन गरेकोमा निन्दा गरेको छ ।

आफ्ना प्रतिवद्धताहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । प्रश्तावले गाजामा युद्धको विधिको रूपमा इजरायलले भोकमरीको प्रयोग, मानवीय पहुँचको गैरकानूनी अस्वीकार, राहत आपूर्तिमा जानाजानी अवरोध र खाद्यान्न, पानी, बिजुली, इन्धन र दूरसञ्चार लगायत नागरिक बाँच्नको लागि आवश्यक पर्ने आवश्यक स्रोतहरूबाट वञ्चित गरेकोमा थप निन्दा गरेको छ ।

प्रश्तावले इजरायली अधिकारीहरूले नरसंहारको लागि उक्साउने बयानहरूमाथि गम्भीर चिन्ता व्यक्त गरेको छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?