Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छः सांसद सोविता गौतम


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छिन् ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा माग गरेकी हुन् । उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताएकी छिन् । उनले गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने बताइन् । उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताएकी छिन् । उनले आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थित भइ नियन्त्रण गर्नुपर्नेमा त्यसो हुन नसकेको बताइन् ।

उनले भनिन्, ‘आगो नलाग्नुपर्ने ठाउँहरुमा पनि लागेको छ, प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन, त्यहाँ सरकार चुकेको छ । गोली लागेको कुरा छ । सविन महर्जनको कुरा छ । भिडियो नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन । उहाँहरुले त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो । अहिले भिडियो फुटेजमा रियालिटी अर्कै छ । यसबाटै रियालिटी एउटा र भनिएको अर्को रहेछ भन्ने स्पष्ट हुन्छ । उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको स्पष्ट देखिन्छ । उहाँले मार्ग प्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ । अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ । यो सरकारकै पनि मन्त्रीहरु फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भए जस्तो हुन्छ ।’

सांसद गौतमले गठबन्धन सरकारले पनि मन्त्री र नेतृत्व परिवर्तन गर्ने बेला भएको बताइन् ।


प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?