Trending
>>   एशियन इन्सिच्युट अफ टेक्नोलोजीलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय >>   सरकारले म्यानमारमा नेपाली सेनाको टोलि पठाउने >>   संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय >>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल चैत्र १९ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल >>   प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु प्रभावित हुन्छन्ः अध्यक्ष अग्रवाल >>   राजश्व छलीमा मिलापत्रमार्फत भुक्तानी हुँदा राजश्व संकलनमा फाइदा पुग्छः अर्थमन्त्री >>   संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छः उपेन्द्र यादव >>   तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्याली >>   राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजेः प्रमुख सचेतक बर्तौला
Logo
१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

जित निकाल्ने काठमाडौं र ललितपुरको लक्ष्य


काठमाडौं। काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले उद्घाटन खेलमा शनिबार जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद् शुरुवात गर्ने लक्ष्य राखेका छन् ।
दशरथ रंगशालामा शनिवार एनएसएलको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिष्पर्धा गर्दैछन् । यससँगै आगामी वैशाख १३ गतेसम्म सञ्चालन हुने एनएसलको तेस्रो संस्करणको औपचारिक रूपमा शुरुवात हुनेछ । यसपल्ट सात फ्रेन्चाइज टोलीले एनएसएलमा चुनौती प्रश्तुत गर्दैछन् । शुक्रवार फ्रेन्चाइज टोलीका प्रशिक्षक र कप्तानसँगको पत्रकार सम्मेलनेमा काठमाडौं र ललितपुर दुवैले जितका साथ यस संस्करणको शुरुवात गर्ने आशा व्यक्त गरेका छन् । दुवै पूर्वविजेतासमेत हुन् । काठमाडौंले पहिलो र ललितपुरले दोस्रो संस्करणको उपाधि जितेका थिए ।

शुक्रवार भएको पत्रकार सम्मेलनमा काठमाडौं रेजर्सका कप्तान कुलदीप कार्कीले सबै टोली बलिया रहेकोले प्रतिष्पर्धा राम्रो हुने अपेक्षा गरेका छन् । काठमाडौंका प्रशिक्षक प्याट्रिक विलीले आफ्नो टोली एक समय च्याम्पियन रहेको र डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्ने प्रयास गर्ने बताए । यद्यपि यसपल्ट छोटो समयको तयारी र सबै टोली उस्तै स्तरको रहेकाले सहज नहुने उनको भनाइ छ । ललितपुर पूर्वच्याम्पियन हुन् । उनीहरूसँग राम्रा खेलाडी, प्रशिक्षक छन् । त्यसैले ललितपुरसँगको खेल प्रतिस्पर्धात्मक हुने र राम्रो खेल्ने प्रयास गर्ने काठमाडौंका प्रशिक्षकको विश्वास छ ।

ललितपुरका कप्तान अनन्त तामाङले आफू ढिला मात्र टोलीसँग जोडिए पनि टिमको तयारी प्रभावकारी भएकाले जित निकाल्ने आशा व्यक्त गरेका छन् । नयाँ प्रशिक्षकको नयाँ रणनीतिमा खेल्न आफूहरू आतुर रहेको उनको भनाइ थियो । ललितपुर सिटीका प्रशिक्षक साइमन ग्रेसनले टिमको तयारी राम्रो रहेको र खेलाडीहरूले पनि मेहनत गरेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरेका छन् । आफू नेपालमा छुट्टी मनाउन नआएको र जित दिलाउन लक्ष्यसहित आएको पनि उल्लेख गरेका छन् । टोलीमा राष्ट्रिय खेलाडीहरू रहेकाले टिम सेट गर्न सजिलो भएको उनको बुझाइ थियो ।

धनगढीका प्रशिक्षकले सबै खेलमा प्रतिसत दिएर खेल्ने बताएका छन् । खेलाडीले पनि सोहीअनुरूप प्रशिक्षणमा मिहिनत गरिरहेको उनको भनाइ छ । नेपाली खेलाडीहरू धेरै मिहिनतका साथ खेल्छन् । धनगढीका देवेन्द्र तामाङले पहिलो लक्ष्य प्लेअफमा पुग्ने र त्यसपछि फाइनलमा पुग्ने लक्ष्य रहेको बताए । यसपल्ट फाइनलमा पुग्दा उपाधि जित्नेगरी खेल्छौं । बुटवल लुम्बिनी एफसी पुष्पलाल शर्माले चुनौतीलाई सहज रूपमा लिएर अगाडि बढ्ने बताएका छन् । छोटो समयमा नेपालको फुटबल टोलीमा रहेर काम गर्न पाउँदा उत्साहित रहेको उनले उल्लेख गरे ।
बुटवल लुम्बिनी एफसीका मनीष डाँगीले राष्ट्रिय टोलीमा रहेका खेलाडी पछि मात्र टोलीमा आबद्ध रहेकाले शुरुवातमा केही कठिनाई हुन सक्ने बताए । तर तयारी राम्रो भएकाले छिट्टै एकभएर खेल्नेछौं र जित निकाल्ने उनको विश्वास छ । उनले विदेशी खेलाडीजस्तै स्वदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने बताएका छन् । एफसी चितवनका प्रशिक्षक नविन न्यौपानेले दोस्रो संस्करणमा पोखरा थन्डर्सलाई प्रशिक्षण गरेको र लिगको शिर्ष स्थानसम्म पु¥याएको स्मरण गर्दै चितवनलाई सो नतिजा दिलाउन प्रयत्न गर्ने बताएका छन् । चितवन एफसीले पछिल्ला दुई संस्करणमा प्लेअफमा स्थान बनाउन सकेको थिएन र त्यसैले यसपल्ट त्यो सफलता दिलाउन मलाई चुनौती पनि रहेको छ ।

उनले आफूसँग दुई हप्ता तयारी समय पाएको र त्यसमा नेपालका राष्ट्रिय खेलाडी पछि मात्र जोडिएका थिए । खेलाडीबीच राम्रो बोन्डिङ हुँदा सुखद् नतिजा आउन सक्ने भएकाले त्यसमा ध्यान दिएर तयारी गरेको छु । उनले विदेशी खेलाडी पनि छिटै घुलमिल भएकाले टिम बोन्डिङ राम्रो बनेकाले आफू खुसी रहेको बताए । एफसी चितवनका कप्तान अन्जन विष्टले चुनौतीभन्दा पनि टोलीलाई राम्रो नतिजा दिलाउने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । गत संस्करणमा चोटका कारण त्यति राम्रोसँग खेल्न सकिनँ र तर पनि सक्ने प्रयास गरेको अन्जनको भनाइ छ । यसपल्ट भने चोट नभएको अवस्थामा राम्रो खेल्ने उनी बताउँछन् ।

पोखरा थन्डर्सका सुमन श्रेष्ठले तयारी गर्न समय अभाव भए पनि तयारी राम्रो भएको बताए । गत संस्करण लिगमा शीर्ष स्थानमा रहे पनि फाइनलमा पुग्न असफल भएको स्मरण गर्दै उनले यसपल्ट उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताएका छन् । दुई हप्ताको तयारीमा नै उत्कृष्ट प्रदर्शन गर्न सक्छौं भन्ने नसकिने भए पनि राम्रो नतिजा निकाल्ने आशामा रहेको उनी बताउँछन् । समीर तामाङ ‘बी’ क्लब प्लानिङ बोइजमा रहे पनि उनले आफ्नो टोलीबाट खेल्ने प्रशिक्षक सुमनको भनाइ छ । पोखरा थन्डर्सका कप्तान नवयुग श्रेष्ठले केही चुनौती भए पनि सबैलाई पार गरेर राम्रो नतिजा दिलाउने बताएका छन् ।

आफू सतप्रतिशत दिएर खेल्ने आशासहित उत्रने उनको भनाइ छ । झापा एफसीको टोली भने पत्रकार सम्मेलनमा उपस्थित भएनन् । यसपल्ट ६ जना खेलाडीसम्म उतार्न पाउने प्रावधान छ । यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिष्पर्धा गर्दैछन् । वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन् । यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदै छ ।


प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?