
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी संसदको कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरुले जलाएका छन् ।
उनले भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गर्दा आन्दोलनकारीहरुले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।
प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार