Trending
>>   आज मिति २०८१ साल चैत्र १४ गते बिहिबार,हेर्नुहोस् आजको राशिफल >>   राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल >>   प्रतिपक्षी दललाई प्रधानमन्त्रीको चेतावनीः धेरै हलुका र उत्ताउलो नहुनु >>   प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग,जवाफ दिनैपरे विभागिय मन्त्रीले दिने: बर्तौला >>   प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’ >>   ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल >>   सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः अध्यक्ष दाहाल >>   ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   चीनको सिनफेङले इजिप्टको सुएज नहर आर्थिक क्षेत्रमा १.६५ अर्ब अमेरिकी डलरको औद्योगिक परिसर स्थापना गर्ने >>   कुलमान बर्खास्तीबारे माओवादीः प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल
Logo
१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

आगामी आ.व.मा भौतिक मन्त्रालयको बजेट सिलिङ ११ अर्बले घटाइएको छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि मन्त्रालयको बजेट सिलिङ ११ अर्ब घटाइएको बताएका छन् ।

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सरकारले चालु आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् । उनले राष्ट्रिय राजमार्गहरु धेरै बनाउनुपर्ने तर आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयको सिलिङ घटाउनुले केही असहजता महशुस हुने जिकिर गरेका छन् । उनले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने स्थिति रहेको र राष्ट्रिय गौरवका आयोजनामा मन्त्रालयअन्तगर्त घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । भौतिक मन्त्रालयको भुक्तानी दायित्व २ खर्ब ५२ रहेको र चालु वर्षमा गत वर्षको ८ अर्ब भुक्तानी गरेको बताए । उनले बिपी राजमार्गलाई आगामी वर्षाको याममा पनि सञ्चालन हुनेगरी कच्ची वा ग्राभेल गर्नेगरी र सडक अवरुद्ध नहुने गरी काम भइरहेको दाबी गरेका छन् ।

मन्त्री दाहालले भने, ‘हामीले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने भएको छ । हामीले राष्ट्रिय गौरवका आयोजना हाम्रो भित्र पर्नेलाई पनि हामी पुनःविचार गर्नेछौँ । घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्छौं । हाम्रो २ खर्ब ५२ अर्ब भुक्तानि दायित्व छ । हाम्रो मन्त्रालयभित्र । त्यसो हुँदाहुँदै पनि क्रमशः घटाउँदै गइरहेका छौँ । यस वर्ष पनि गत वर्षको लगभग ८ अर्ब पैसा भुक्तानी गरेका छौँ । हामीलाई ११ अर्ब सिलिङ घटाइएको छ । त्यस्तो अवस्थामा यहाँहरुले राख्नुभएको कुरा इज्जत जोगाइदिनु होला जुन भन्नुभएको छ । त्यसमा हाम्रो ध्यान गएको छ । मान्यज्युहरुसँगै सल्लाह गर्ने हो । मान्यज्युहरुले नै बजेट पास गर्ने हो ।’

मन्त्री दाहालले नेपाल सुरुङ युगमा प्रवेश गरेको र नागढुङ्गा सुरुङमार्ग अब सुचारु गर्ने अवस्थामा पुगेको बताए । केही समयपछि नै सरकारले सञ्चालनका लागि अनिमति प्राप्त गर्ने बताउदै त्यसको सञ्चालन मोडालिटी तयार गर्न लागेको र रोड कलेक्शनको मोडलबाट अघि बढाइने बताए। फास्ट ट्रयाक पनि समयमै सम्पन्न गर्ने काममा अघि बढिरहेको बताएका छन् ।

सरकारले त्रिदेशीय सडकलाई बढी प्राथमिकता दिनुपर्ने सांसदहरुको आवाजलाई गम्भीरताका साथ लिएको बताए ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?