Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हत्या गरेको अभियोगमा दुई जना पक्राउ


आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

भक्तपुर। मध्यपुर थिमी नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका-३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।

मध्यपुर थिमी नगरपालिका-२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?