Trending
>>   तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल >>   तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु >>   जित निकाल्ने काठमाडौं र ललितपुरको लक्ष्य >>   दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी >>   राजावादीले रास्वपा प्रमुख सचेतक परियारको गाडी जलाए >>   आपराधिक कुकृत्य गर्ने तत्वलाई तिरस्कार र प्रतिवाद गरौँ : एकीकृत समाजवादी >>   राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय >>   राजावादीको प्रदर्शनमा घाइते भएका सविन महर्जनको मृत्यु >>   तनावग्रस्त तीनकुने (तस्बिरहरु) >>   वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल
Logo
१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

इजरायली सेनाद्वारा गाजामा २ प्यालेस्टिनी पत्रकारको हत्या


एजेन्सी। इजरायली सेनाले सोमवार गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

प्यालेस्टाइन टुडेका संवाददाता मोहम्मद मन्सुर, दक्षिणी गाजाको खान युनिसमा रहेको उनको अपार्टमेन्टलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा उनकी श्रीमती र बच्चाहरूसहित मारिएका छन् ।अर्को आक्रमणमा उत्तरी गाजाको जबालियाको पूर्वमा इजरायली हवाई आक्रमणमा अल जजीरा मुबाशेर च्यानलका संवाददाता होसम शबातको मृत्यु भएको स्रोतहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले एक विज्ञप्तिमा इजरायली कब्जाद्वारा पत्रकारहरूलाई लक्षित र हत्या गरिएको कडा शब्दमा निन्दा गरेको छ । अन्तर्राष्ट्रिय समुदायलाई गाजामा प्यालेस्टिनी पत्रकार र मिडिया पेशेवरहरू विरुद्धका यी व्यवस्थित अपराधहरूको निन्दा गर्न आह्वान गरेको छ । इजरायली सेनाले दुई आक्रमणहरूमा कुनै आधिकारिक टिप्पणी जारी गरेको छैन । मन्सुर र शबातको मृत्युसँगै अक्टोबर ७, २०२३ मा गाजा युद्ध शुरु भएदेखि मारिएका पत्रकारहरूको संख्या २०८ पुगेको छ ।

जनवरी १९ मा शुरु भएको हमाससँगको युद्धविराम रद्ध भएपछि इजरायलले मार्च १८ मा गाजामा पुनः आक्रमण शुरु गरेको छ। इजरायली सेनाले पछि दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन कारबाही शुरु गरेको छ । पछिल्लो युद्धबाट मृत्यु हुनेको संख्या ७३० नाघेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि मृतकको कुल संख्या ५० हजार ८२ पुगेको छ ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?