Trending
>>   गणतन्त्रवादीलाई १५ गतेको जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाको आह्वान >>   आज मिति २०८१ साल चैत्र १४ गते बिहिबार,हेर्नुहोस् आजको राशिफल >>   राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल >>   प्रतिपक्षी दललाई प्रधानमन्त्रीको चेतावनीः धेरै हलुका र उत्ताउलो नहुनु >>   प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग,जवाफ दिनैपरे विभागिय मन्त्रीले दिने: बर्तौला >>   प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’ >>   ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल >>   सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः अध्यक्ष दाहाल >>   ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   चीनको सिनफेङले इजिप्टको सुएज नहर आर्थिक क्षेत्रमा १.६५ अर्ब अमेरिकी डलरको औद्योगिक परिसर स्थापना गर्ने
Logo
१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

सिंहदरबारमा शीर्ष नेताहरूको छलफलमा, के हाेला पूर्वराजालाई गिरफ्तारबारे निर्णय?


काठमाडौं । शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । राजधानी दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यसबारेमा मा थप छलफल गर्दै अगाडि बढ्न खोजेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थप छलफल गरेर अगाडि बढ्ने योजनामा रहेका छन् ।

यसअघि नै प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुने भनिएको थियो । तर, माओवादी केन्द्रद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजित जनतासँग माओवादी कार्यक्रमका लागि प्रचण्ड तराई मधेशतर्फ गएकाले उनीहरूको भेट हुन सकेन । प्रचण्ड गएपछि ओली र देउवाबीच मात्रै छलफल भएको थियो ।


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?