Trending
>>   काँग्रेसका मधेस प्रदेश सांसदद्वारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा >>   ३ लाख युरो माग गर्दै अमेरिकी नागरिकलाई अपहरण गर्ने व्यक्ति पक्राउ >>   पाकिस्तानमा प्रहरी गाडीमा विस्फोटः २ जनाको मृत्यु, २१ जना घाइते >>   राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः सुरक्षा शतर्कता बढाइयो >>   पूर्वराजा शाहलाई देउवाको आग्रहः आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन >>   आज मिति २०८१ साल चैत्र १५ गते शुक्रबार,हेर्नुहोस् आजको राशिफल >>   सांसद सुदन किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ >>   अपाङ्गतामैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकताः मेयर महर्जन >>   प्रतिपक्षीले संसद अवरुद्ध पारेर मुलुकलाई कानून विहिनतामा धकेल्न खोज्योः प्रधानमन्त्री >>   न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह
Logo
१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै


काठमाडौँ। आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे बस्दैछ ।

आजको बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

यस्तै मदनकुमारी शाह (गरिमा) ले मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्नेछिन्।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१; निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१; आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।

यसैगरी  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?