Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गाजामा इजरायली बम विस्फोटमा २५ प्यालेस्टिनीको मृत्यु


काठमाडाैं । प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् ।

पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले बताएका छन् । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । सुरक्षा स्रोतहरूले इजरायली युद्धविमानहरूले कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । इजरायली सेनाले मंगलवार बिहानदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तिब्र हवाई आक्रमण शुरु गरेको छ । जसमा ४ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दुई महिनाको युद्धविराम भंग भएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?