Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

गण्डकी


पहिराले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध

१९ असार ,बलेवा । वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा

सुनसान बन्दै लमजुङका होमस्टे

१८ असार, लमजुङ । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन्। बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन्। वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका

आँबुखैरेनी गाउँपालिकामै डायलासिस सेन्टर स्थापना गरिने

१८ असार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डायलासिस सेन्टर स्थापना गर्ने भएको छ । मिर्गौलापीडितका लागि डायलासिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस सेन्टर स्थापना गर्न लागेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, कार्यक्रम र बजेटमा डायलासिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ ।

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने

१८ असार, बागलुङ । बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो’

१८ असार, पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन् । प्रदेशसभामा जारी आगामी आव ०८०÷०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी

गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

१८ असार ,गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जान थालेको छ । व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेको हो । अघिल्लो आर्थिक

पोखराको मासु पसललाई व्यवस्थित गरिँदै

१८ असार ,कास्की । पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान

‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

१८ असार ,दमौली । तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गर्नुभइ सो आग्रह गरेका हुन् । सो अवसरमा वडाध्यक्ष केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक उपकरणको

सामुदायिक वनमा जडीबुटी खेती

१८ असार ,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गेका हुन् । समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा एक लाख ३५

ढोरपाटन सिकार आरक्षबाट हतियार बरामद

१७ असार ,गण्डकी । ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुिकछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो । देशको एकमात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका

सम्वन्धित समाचारहरु